ग्रेसमा गोर्खा सत्याग्रहको जानकारी सभा

ज्याकी प्राइस सभालाई सम्बोधन गर्दै

ज्याकी प्राइस सभालाई सम्बोधन गर्दै

बेलायत/ गत शनिवार ५ अक्टोबर २०१४ को दिन थरक ग्रेशको बिहाईब सभाहलमा गोर्खा सत्याग्रह आन्दोलनको निर्णायक मोडमा आई पुग्दा आजसम्म भएका विकसित प्रगति सार्वजनिक गर्ने विषय अनुरुप आम सभाको कार्यक्रम सम्पन्न भयो ।
थरक नेपाली गोर्खा समाजले आयोजना  र सर्वदलीय छानबिन समितिका प्रमुख तथा सांसद ज्याकी डोयल प्राईसको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा गोर्खा सत्याग्रह संयुक्त समितिका अभियान निर्देशक ज्ञानराज राई, संचार तथा सम्पर्क निर्देशक दीपक मास्के, संघर्ष समितिका मिडिया रिपोर्टर किरण थेबे लिम्बू, जनसम्पर्क समिति प्रमुख लक्ष्मी घिसिङ्, सत्याग्रह आन्दोलनका सक्रिय कार्यकर्ता काजी शेर्पा, विशिष्ठ सल्लाकार प्रेम गुरुङ, संघर्ष समितिका उपाध्यक्ष ओमसरी घर्ती मगरको उपस्थिति रहेको थियो ।
सभामा सांसद ज्याकी डोयल प्राईसले गोर्खा सत्याग्रह आन्दोलनले  उठाई आएको सम्पूर्ण जे जति विकसित भई आएका केही राम्रा प्रगति र परिणामहरु उक्त सभामा गोर्खाहरु समक्ष खुलस्त रुपमा उजागर गरिन्  । करिब २०० जना बृटिश भुपु गोर्खा तथा परिवारहरुको बाक्लो उपस्थितिमा बृटिश हाउस अफ कमन्सका सांसद प्राइसले आफ्नो  एक हप्ताको नेपाल भ्रमणको प्रसङ्मा सुन्दर नेपाल र नेपालीहरुको सत्कारलाई खुबै पराएको र  फेरि पनि नेपाल  भ्रमण जान आफु लालायित भएको खुलासा गरिन् । भ्रमणताका काठमाण्डु, पोखरा र पहाडी गाउँ जहाँ भुपु गोर्खाहरुको सुन्दर वस्तीमा बसोबास गरिरहेका वयोवृद्ध गोर्खा सदस्य तथा परिवारहरुको वास्तविक जीवन देखेको अनुभव बाँडेकी थिइन् । आफ्नो मन्तव्यको क्रममा प्राईसले गोर्खाहरुले उठाई आएको मांगहरुको बारेमा सबै मागहरु जायज भएको र पूरा गराउने पहलमा आफु अहोरात्र खटिरहेको जानकारी दिइन् ।
गोर्खाहरुको मागहरु पूरा हुने या नहुने उपस्थित गोर्खाहरुको प्रश्नको उत्तरमा प्राईसले जति पनि गोर्खालीहरु कटौतीमा परि खाली हात घर पठाइएका छन तिनीहरुलाई पेन्सन पाउनु पर्ने या नभएमा क्षतिपूर्ति अवश्य पाउनेमा सबैलाई विश्वस्त हुन भनिन् । सैनिक सेवाको क्रममा अन्तरजातिय विवाह गर्दा सेवाबाट बर्खास्त भएका गोर्खाहरूलाई मानव अधिकारको आधारमा क्षतिपूर्ति दिनुपर्ने जिकिर गरिन् । अठार वर्षभन्दा माथिका गोर्खाली छोरा-छोरीहरुले आवासिय भिसा नपाएको विषयमा बृटिश सरकारको अध्यागमन नीतिभित्र परी बेलायत आउन नसकेको भएता पनि गोर्खाहरुको १८ वर्षभन्दा माथिका छोरा-छोरीलाई पारिवारिक अवस्था बुझी विशेष भिसा दिलाउने पहल हुनसक्ने उनको भनाइ थियो ।
सेप्टेम्बर ११ तारिखमा हाउस अफ कमन्समा भएको गोर्खाबारेको बहसमा स्कटल्याण्डको जनमत संग्रहले गर्दा सांसदहरु र पार्टी प्रमुखहरुको उपस्थिति नहुँदा आफ्नो प्रतिवेदन उपर सबै सांसदहरुको बिचार र बहस न्यून भएकोमा आफु सन्तुस्ट नभएको धारणा उनले व्यक्त गरिन्  । नेपाल सरकार र पार्टी प्रमुखहरुले आफ्नो नागरिक गोर्खाहरुको माग जायज भएको र यसलाई बृटिश सरकारले पूरा गरिदिनु पर्ने अनुरोध आफुलाई आएको खुलासा गर्दै त्यही अनुरुप आफुले प्रतिवेदन प्रधानमन्त्री डेभिड क्यामरोनलाई बुझाउने प्रतिवद्धता जाहेर गरिन । सर्वदलीय छानविन समितिले अन्तिम प्रतिवेदन तयार गरि आगामी अक्टोबर १५ गते सम्ममा प्रधान मन्त्री डेभिड क्यामरोनलाई बुझाउने जानकारी उनले सभालाई दिइन् ।
थरक नेपाली गोर्खा समाजका अध्यक्ष कुमार राईको सभापतित्वमा आयोजित उक्त दिनको जानकारी सभा भएको थियो ।
jackie price sava

प्रतिक्रिया

सम्बन्धित सामाग्री