बेल्जियम स्वतन्त्रताका लागि सातहजार गोरखाको बलिदानी !

naumati belgium


बेल्जियम । नेपाली पर्यटन, कलासंस्कृति र परम्परालाई विदेशी सामु चिनाउने उद्देश्यले एनआरएनए बेल्जियम र बेल्जियम नेपाल फ्रेन्डशिप एसोसिएसनको आयोजनामा बेल्जियममा नेपाल महोत्सव २०१४ सम्पन भएको छ।

यसवर्षको महाेत्सव अरु सालभन्दा फरक किसिमले नेपालको ऐतिहासिक नौमती बाजासहित उद्घाटन गरिएको थियो।

महोत्सब अक्टोबर ४ र ५ गरी दुई दिन सन्चालन भएको थियो ।

बेल्जियम नेपाल फ्रेन्डशिप एसोसिएसनको आयोजनामा चार दिनसम्म चल्ने ‘सानो नेपाल’ नामक कार्यक्रमलाई एनआरएनए बेल्जियमसमेत सामेल भएर यसपटक अलि बृहत महोत्सवका रुपमा चलाइएको थियो ।

पर्यावरणीय हिसाबले सुन्दर मानिले साउथ फोंन्टिनमा भएको यस पटकको मेला विगतका वर्षहरुभन्दा प्रभावकारी र महत्वपूर्ण भएको आयोजकहरूले निष्कर्स निकालेका छन्।

महोत्सवमा पत्रकार निलाम कोसाक र रागिनी ग्रेलाद्वारा नेपालको पर्यावरणीय सुन्दरता झल्किने फोटो तथा पेंटिंग प्रदर्शनीको साथसाथै नेपालको कला,संस्कृति सम्बन्धी डकुमेन्ट्री समेत प्रदर्शनी भएको थियो । मुस्ताड्गदेखि अाएका भिंक्षु लामाले बुद्ध धर्मको विषयमा र बुद्ध भगवान नेपालमा जन्मनु भएको भन्ने प्रवचन दिएका थिए । मेलामा नेपालमा बनेका चित्रकला, हस्तकला, खाद्यवस्तु, चिया कफी लगायत नेपालमा पर्यटन प्रबर्द्धनका निम्ती स्टलहरू राखिएका थिए । 

महोत्सवमा नेपाली तथा बेल्जियन गरी हजारौको सहभागिता भएको थियो ।

एनआरएनए बेल्जियमका अध्यक्ष प्रेम गुरुंगले विगतका वर्षहरुको तुलनामा यसवर्ष महोत्सव अझ व्यवस्थित जानकारीमूलक र मनोरञ्जनात्मक भएको बताए । 

महोत्सवमा भाग लिन बेलायतबाट प्रथम नौमती बाजा गुल्मी युकेका प्रमुख संयोजक ओमप्रसाद थापाको नेतृत्वमा व्यवस्थापक बिर बलाल सदस्यहरू राम गलामी,लाल काउचा, पूर्ण बलाल, याम गलामी, तिर्थ साही, कुमार राना, ओम बुराथोकी, पदम गुरूड्ग,  पार्वती थापा, ओशीन थापा, बिबिका बलाल लगायत गएका थिए ।

स्थानिय साउथ फोंन्टिन नगरपालिका मेयर लगायत थुप्रै उच्चपदस्थहरु र बेल्जियमस्थित नेपाली राजदूतको उपस्थितिमा नौमती बाजा समूहले पहिलो विश्वयुद्ध समाप्त भएको एकसय वर्ष पुगेको अवसर पारेर विशेष परेडको साथमा प्रथम विश्वयुद्धमा दिवङगत गोरखाहरुलाई सलामी दिएको थियो । त्यस अवसरमा साउथ फोंन्टिन नगरपालिकाका मेयरले बेल्जियमको स्वतन्त्रताका लागि  ७ हजार नेपाली गोर्खाले बलिदान दिएको बताए ।

नौमती बाजा गुल्मी युकेका प्रमुख संयोजक ओमप्रसाद थापाले महोत्सवमा भाग लिन पाउँदा सौभाग्यमानी ठानेको प्रतिक्रिया दिए । 


naumati belgium1

प्रतिक्रिया

सम्बन्धित सामाग्री