बुढासुब्बा गोल्ड कप फागुन १ बाट

काठमाडौं। मोफसलकै सबैभन्दा पुरानो र धेरै पुरस्कार राशि भएको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको १७औँ संस्करण फागुन १ गतेदेखि हुने भएको छ।  धरानमा हुने प्रतियोगिता अघिल्लो वर्षभन्दा एक महिना अगाडि हुन लागेको हो । Football

आयोजक धरान फुटबल क्लबले चैत महिनामा हुँदै आएको प्रतियोगिताको यो संस्करण भने फागुनबाट शुरु हुने जनाएको छ । धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरमा हुने प्रतियोगिताको १७औँ संस्करण पुरस्कारको राशिसँगै सहभागी टिमको सङ्ख्यामा समेत वृद्धि गरिने आयोजक धरान फुटबल क्लबले जनाएको छ । गोल्डकपको १६औँ संस्करणमा उपाधि विजेताले नगद रु तीन लाख २५ हजार पाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री