पोखरामा स्काइडाइभिङ शुरु

काठमाडौं। एभिया क्लबले पोखरामा व्यवसायिक स्काइ डाइभिङ शुरु गरेको छ। एभिया क्लबले साहसिक पर्यटकलाई लक्षित गरि स्काइ डाइभिङ शुरु गरेको जनाएको छ। साहसिक पर्यटकका लागि यसअघि प्याराग्लाइडिङ, अल्ट्रा लाइट फ्लाइट, बन्जी जम्प, जिपलिनपछि स्काइ डाइभिङ थपिएको हो।sky Diving

एभिया क्लबले स्काइ डाइभरहरुले पोखराको सुन्दर ताल र हिमालहरु चराको आँखाले हेरेको जस्तो गरी हेर्न सक्ने जनाएको छ। फेवा ताल नजिकै स्काइडाइभिङ हुने छ। स्काइड्राइभर ८ देखि १० हजार फिटबाट हाम हाल्ने छन्। एभिया क्लबले एक पटक स्काइडाइभ गरेको २५ हजार रुपैया लिने छ। सो क्लबले डेढ वर्ष अघि परीक्षण जम्प गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री