१० बुँदे सहमतिपछि बाराको आन्दोलन स्थगित

काठमाडौ। आन्दोलनरत स्थानीय बासिन्दा र बारा प्रशासनबीच आइतबार राति दस बुँदे सहमतिपछि बारा सिम्रौनगढमा आन्दोलन स्थगित भएको छ।Bara
बाटो मर्मत गर्नु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीय बासिन्दामाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु र दुई जना घाइते भएपछि त्यस क्षेत्रमा दुई दिन कर्फ्यु लगाउनु परेको थियो।

दुवै पक्षबीच सत्यतथ्य छानबिनका लागि आयोग गठन गर्ने, घाइतेको उपचार खर्च व्यहोर्ने, मृतकलाई सहिद घोषणाका लागि सरकारसँग सिफारिश गर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति तथा रोजगारी दिने, भत्किएको बाटो पिच गर्ने, शान्ति कायम गर्ने तथा आन्दोलन स्थगित गर्ने विाषयमा सहमति भएको छ।

स्थानीय बासिन्दाले शनिबारको गोली काण्डमा मृत्यु भएका जयनारायण पटेलको शवसहित जिल्ला सदरमुकाम कलैयामा आइतबार दिनभर प्रदर्शन गरेका थिए । सहमतिपछि पोस्टमार्टम गरेर आइतबार राति नै पटेलको अन्त्येष्टी गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री