चाल्टर्न समाजको कार्यक्रममा मनोज गजुरेलले हँसाउने

manoj gajureliya

लण्डन । चाल्टर्न नेपाली समाजले नेपालबाट आएका प्रख्यात हास्यकलाकार मनोज गजुरेलका साथमा दशैँ तिहार शुभकामना साँझ गर्ने भएको छ ।
आगामी १९ अक्टोबर आइतबार साँझ चाल्टर्नस्थित मेरिडिएन स्पोर्ट्स क्लबमा हुने सो कार्यक्रममा हास्यकलाकार मनोज गजुरेलसहित स्थानीय कलाकारहरुको प्रस्तुति रहने समाजले बताएको छ ।

कार्यक्रममा उपस्थितिको लागी स्थानीयबासीहरुलाई समाजले अनुरोध गरेको छ ।
चाडबाडको उपलक्ष्यमा सपरिवार उपस्थित भएर भरपुर मनोरन्जनसहित आपसी शुभकामना आदानप्रदान गर्ने कार्यक्रमको उद्देश्य समाजका नवनिर्वाचित अध्यक्ष रोमनाथ पाण्डेले बताए । कार्यक्रममा भाग लिन टिकट दर १० पाउण्ड तोकिएको कोषाध्यक्ष कृष्ण खरेलले जानकारी दिए ।
बेलायतमा केही समय कार्यक्रम देखाइरहेका गजुरेलको सो कार्यक्रम भिन्न खालको हुने विश्वास आयोजकले दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री