मनोज गजुरेलले युकेमा देउसी खेल्ने

लण्डन ।  नयाँ पुस्ताका चर्चित हास्यकलाकार मनोज गजुरेलले यस वर्षको तिहारमा युकेमा देउसी घन्काउने भएका छन् ।

प्रवासी नेपाली मन्च बेलायतले यही अक्टोबर २२ मा लन्डनको ह्यारो फुटबल क्लबमा आयोजना गरेको दशै – तिहार शुभकामना तथा देउसी भैलो कार्यक्रममा गजुरेल प्रमुख आकर्षणका रुपमा रहने बताइएको छ ।

मन्चका अध्यक्ष रामशरण सिखडाले बताए अनुसार उनीबाहेक स्थानीय कलाकार सुजन पराजुली र उज्वल भन्डारीको पनि सो कार्यक्रममा प्रस्तुति रहने छ ।

मंचले पहिलोपटक आयोजना गर्न लागेको देउसी भैलो तयारीका लागि  मन्चको  आइतबार बसेको बैठकले रामजी बराल संयोजक रहेको एक समिति बनाएको छ । कार्यक्रममा करिब तीन सयको उपस्थिति रहने आयोजकले अपेक्षा गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री