मनाङ र मुस्ताङको हिमपातमा २० जनाको मृत्यु, करिब एक सय सम्पर्क बाहिर(फोटो फिचर)

काठमाडौं। बंगालको खाडीमा उत्पन्न भएको हुडहुड नामको आँधीको कारण हिमाल पारीका जिल्ला मनाङ र मुस्ताङमा व्यापाक हिमपात हुँदा मृत्यु हुनेको संख्या २० नाघेको छ। मुस्ताङको थोराङला भञ्ज्याङ क्षेत्रमा १२ जना र मनाङको नार र फु गाबिसमा ८ जना गरी २० जनाको मृत्यु भएको छ। मंगलबार मात्रै मनाङमा एक जनाको मृत्यु भएको थियो।Thorang La Pass

मृत्यु हुनेमा ५ नेपाली, तीन इजरेली, तीन पोलिस, एक भियतनामी रहेका छन्। त्यसैगरी मनाङमा मृत्यु हुनेमा ४ क्यानडेली, एक भारतीय र तीन नेपाली रहेका छन् ।

सरकारी अधिकारीहरुले अझै करिब एक सयको संख्यामा रहेका पदयात्री, पथप्रदर्शन र भरिया सम्पर्क बाहिर रहेको जनाएको छ।

अन्नपूर्ण र त्यस आसपासको क्षेत्रमा विदेशी तथा नेपाली पर्यटकहरुको बाक्लो उपस्थिति रहेको थियो। थोराङ ला भञ्जाङ हुदै मुक्तिनाथ फर्किदै गरेका थिए।

HimaPat HimaPat2 HimaPat3

हिमपातमा परेका १४ जनालाई उद्दार गरी हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ । ८ जना भने सामान्य अवस्थामा छन् । उनीहरुलाई भने मुक्तिनाथमा छाडिएको छ ।

तस्वीर सौजन्य : नेपाली सेना

प्रतिक्रिया

सम्बन्धित सामाग्री