मेरो ‘ब्रेष्ट’ले नै मलाई सेक्सी देखाउँछ : ज्योति मगर, गायिका

Jyoti Magar (2)

ज्योतिजी, आजकल केमा ब्यस्त हुनुहुन्छ ?
गीत सँगीतमै ब्यस्त छु भन्नुपर्‍यो । विभिन्न कार्यक्रमहरुमा सहभागी हुने र अब नयाँ एल्बमको तयारीमा रहेको छु ।
स्वदेश विदेश गरिरहनुहुन्छ पैसा त निकै कमाउनुहुन्छ होला ?
अँ ठीकै छ भनौ । नढाँटी भन्नुपर्दा कमाई भएपनि खर्च पनि राम्रै भएका कारण बचाउन सकिएको छैन ।
यसपालिको तीजमा त यसअघिका तीज गीतभन्दा पुरानो शैलीको गीत प्रस्तुत गर्नुभयो ? अलिकति परिवर्तन गर्न खोज्नुभएको हो ?
यो गीत चाहिँ पुरानो तीज गीतलाई मान्यता दिएको हो र तीज महिलाको पर्व भएका कारणले महिलाले मात्र गाउने टिपिकल गीत हो । जसले हाम्रो कला र संस्कृतिको पहिचान पनि दिन्छ ।सबैभन्दा ठूलो कुरा चाहिँ मलाई छाडा गीत मात्र गाउँछ भन्नेहरुलाई जवाफ हो यो ।
तपाई गीत पनि राम्रो गाउनुहुन्छ, अभिनय नृत्य पनि अब्बल गर्नुहुन्छ तर विवादमा आइरहनुहुन्छ किन ?
मैले अहिलेसम्म देखेको, हेरेको, बुझेको कुरा राम्रो र अब्बल मान्छेहरु विवादित हुन्छन् ।यसलाई मैले सिरियस्ली लिन्न ।
हालै तपाईको उत्तेजक पहिरनका कारण टेलिभिजनहरुमा तपाईको अन्तवार्ता रोकियो भन्ने चर्चा छ । खासमा भएको के हो ?
रोकिएको साँचो हो । तर, अहिलेको जमानामा गुन्यू र चोलोलाई भल्गर भन्न थालियो भने नेपाल टेलिभिजनले सेलिव्रिटी टक शोहरुमा बुर्का लगाउने व्यवस्था गरिदिए हुन्छ । खास त्यो दिनमा म नेपाली पोशाक गुन्यूचोलीमा थिएँ । चोलीको क्लिभेज थोरै ओपन थियो । मैले त्यो गेटअपमा र त्योभन्दा ग्ल्यामर गेटअपमा अन्य च्यानलमा इन्टरभ्यू गरेकी छु । सजिलै सबैले हेर्नु भाको छ । हिमालय टेलिभिजनले रोकेको गेटअपमा विवादित हुँदाहुँदै पनि मैले तीजको लाइभ माउन्टेन टेलिभिजनबाट गरेको छु । खै कहीँ कतै केही सेन्सर भएन । हेर्नेहरुले पनि नेगेटिभ कमेन्ट गर्नु भएन । मलाई के लाग्छ भने ज्योति मगरको गीतहरु नसुनेर, ज्योति मगर कतिसम्म क्रिएटिभ छ भन्ने थाहा नपाएर, उसको कुनै पनि क्रियशन मूल्याङकन नगरेर कपडाको कुरालाई टपिक बनाएर मलाई सेन्सर गर्न खोज्नुहुने आदर्शवादी महानुभावहरुलाई म लाटो देशको गाँडो तन्नेरी जस्तै ठान्छु ।

तपाईको गीतको शब्द, म्यूजिक भिडियोमा नृत्य तथा अभिनय र स्टेजको प्रस्तुति हेर्दा तपाईले आफ्नो कलालाई अलि बढी नै ग्लामरस बनाएको देखिन्छ । के त्यस्तो नगरी टिक्न नसकिने हो ?
हो, मेरो गीत, लय शब्द र भिडियोमा अलि बढी ग्ल्यामर छ । तर, त्यसो नगरी टिक्न नसकिने होइन । त्यसो गर्दा चाहिँ टिक्न अलि रिस्क हुन्छ । तर पनि म त्यो रिस्क उठाउन तयार छु । किनकि मलाई समयभन्दा ठूलो केही लाग्दैन र म समय बुझेर समयसँग हिँड्न खोज्ने मान्छे हो । यो समय भनेको २१ औं सेञ्चुरी हो । प्राक्टिकलको जमाना हो । न कि यो त्यो हलानो, फलानो भनेर अरुको कुरामा कमेन्ट गरेर बस्ने जमाना होइन । त्यैमाथि पनि हामी गीत बनाउँछौ, भिडियो बनाउँछौ त्यो पब्लिकका लागि हो । जब मेरै गीत बढी ग्ल्यामर हुँदा पब्लिकले मन पराउनुहुन्छ भने अरुलाई किन टाउको दुखाई ? अर्को कुरा जसले मेरा गीत सुन्नुहुन्छ मेरो बारेमा हरेक जानकारी राख्नुहुन्छ र मलाई साँच्चिकै माया गर्ने फ्यान हुनुहुन्छ भने उहाँले गरेको कमेन्टलाई म मान्छु तर, हावाको भरमा हल्लैहल्लाको भरमा आदर्शवादी कमेन्ट गर्नेलाई चाहिँ म मान्दिनँ ।

छोटा र सेक्सी पहिरन लगाउनेमा तपाई माहिर देखिनुहुन्छ । त्यस्ता कपडाप्रति किन त्यस्तो मोह ?
म अलि बच्चाबच्ची स्वभावको छु । त्यो भएर पनि मलाई छाटो कपडा स्कर्टहरु लगाउन मन पर्छ । सेक्सी पहिरन चाहिँ मलाई भगवानले नै शरीरको सङरचना गर्दा अली सेक्सी टाइपको गर्नुभएछ क्यारे । खासगरी मेरो व्रेष्ट अलि एट्रयाक्टिभ भाको भएर होला हरेक पहिरनमा क्लिभेज चाहिँ सेक्सी देखिन्छ । म ड्रेसअपको लागी त्यसो माहिर चाहिँ छैन । नढाँटी भन्नुपर्दा माहिर हुन चाहे पनि आर्थिकरुपमा ईफोर्ट नै गर्न सक्दिनँ ।

अहिलेसम्म कतिवटा गीत गर्नुभयो ?
त्यस्तो धेरै गरेको छैन । एल्बम, तीज गीत र बाँकी अरु कलेक्सन गरेर २ दर्जनजति गीत गरियो होला ।

गीत गाएर मात्रै बाँच्न कत्तिको सहज छ त ?
धेरै गाह्रो छ ।

नयाँ गीत कुन गर्दै हुनुहुन्छ ?
नयाँ गीत चाहिँ यसपालि मैले पुरानो लोक भाकालाई पयूजन गर्ने सोच छ ।

आफ्नो जीवनमा आफूलाई कत्तिको सफल मान्नुहुन्छ ?
म आफूलाई सफल पनि मान्दिनँ, असफल पनि मान्दिनँ । जीन्दगीलाई गुजारा गर्नुसम्म हो । गुजारा चलिराकै छ ।
देविका घर्तीमगरबाट

Jyoti Magar (3)

Jyoti Magar (4)

Jyoti Magar (1)

Jyoti Magar (5)

प्रतिक्रिया

सम्बन्धित सामाग्री