डोल्पा र मुस्ताङको सिमामा ८ शव भेटियो

काठमाडौं। हिमपातको कारण डोल्पा र मुस्ताडको सिमाक्षेत्रमा थप आठ वटा शव फेला परेको छ। शुक्रबार साँझ स्थानीय बासिन्दाले खबर गरेपछि शनिबार बिहानै नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ लागेको नेपाल टेलिभिजनले जनाएको छ ।

घटनास्थल उपल्लो डोल्पाको छार्का र मुस्ताङको साङ्ता नजिकै भएको बताइएको छ। सो क्षेत्र उपल्लो डोल्पा पैदलमार्गमा पर्दछ।

पछिल्लो समय सो क्षेत्र नेपाली र विदेशी पर्यटक माझ पद यात्राका लागि लोकप्रिय बन्दै गएको छ । जोमसोमबाट सो क्षेत्रमा पैदल पुग्न तीन दिन लाग्छ । नेपाली सेनाले सो क्षेत्रबाट शुक्रबार मात्रै ८ विदेशी र सात नेपालीको उद्दार गरेको थियो।

यसैबीच ट्रेडिङ एजेन्सी एसोसिएसन अफ नेपाल(टान)ले मुस्ताङ र डोल्पा जोड्ने साङ्दा भञ्ज्याङ(५४९० मिटर)मा स्वीस पर्यटक अलपत्र परेको जानकारी आएपछि उद्दार टोली त्यसतर्फ लागेको जनाएको छ।

टानले मुस्ताङको थोराङ ला भञ्ज्याङमा शनिबार बिहानै उद्दार कार्य परिचालन गरिएको जनाएको छ । यसअघि मनाङ, मुस्ताङ र म्याग्दीमा गरी कम्तीमा ३२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री