गंगामायाले आमरण अनसन तोडिन्

काठमाडौं। सशस्त्र द्वन्द्वको समयमा मारिएका छोराको हत्यामा संलग्नमाथि कारवाही गर्न माग गर्दै करिब एक वर्षदेखि आमरण अनसनमा रहेकी गंगामाया अधिकारीले शनिबार साँझ अनसन तोडेकी छिन्।ganga-maya Adhikari

सरकारसँग ५ बुँदे सहमतिपछि ५० वर्षिया अधिकारीले ३ सय ५८ दिनपछि अनसन तोडेकी हुन्। कानुन, न्यायमन्त्री नरहरी आचार्यको हातबाट हर्लिक्स पिउँदै अधिकारीले अनसन समाप्त गरेकी हुन्। अधिकारीले अन्न भने खाने छैनन्। हर्लिक्स, जिवनजल र औषधी मात्रै लिने बताइएको छ ।

पाँच बुँदे सहमतिमा सरकारले गंगामाया र उनको जेठा छोरा नुरप्रसादको सुरक्षा र उनको छोराको हत्यामा संलग्न भएकालाई पक्राउ गरी कानुनी कारवाही शुरु गर्ने, उनको खाने बस्ने र औषधी उपचार पनि सरकारले गर्ने उल्लेख छ।

गंगामायामा पति नन्दप्रसादको निधन असोज ६ गते भएको थियो। नन्दप्रसादको निधनले देश तथा विदेशमा तीव्र आलोचना भएको थियो। पछिल्लो समय स्वास्थ्यप्रति राष्ट्र संघले समेत चासो लिएको थियो।

गंगामायाका छोरा कृष्णप्रसादको २०६१ सालमा हजुर आमालाई भेट्न चितवन आउँदा त्यस समयका विद्रोही नेकपा माओवादीले सुराकीको आरोपमा अपहरण गरेर हत्या गरेको थियो। अपहरण भएको एक दिनपछि कृष्णप्रसादको शव चितवनको बकलुहर चोकमा भेटिएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री