संवाद समितिले तेस्रो पटक पनि सहमति बिनाकै प्रतिवेदन बुझायो

काठमाडौं। संविधानसभाको संवैधानिक तथा राजनीतिक संवाद तथा सहमति समितिले तेस्रो पटक प्रमुख विषयहरुमा सहमति बिनाकै प्रतिवेदन प्रस्तुत गरेको छ। समितिका सभापति बाबुराम भट्टराईले आइतबारको संविधानसभाको बैठकमा यस्तो प्रतिवेदन बुझाएका हुन्। प्रतिवेदनमाथि मंगलबारबाट छलफल हुने छ।baburambhattarai

राज्य पुनर्संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणालीसहितका महत्वपूर्ण विषयमा दलहरुबीच सहमति बन्न सकेको छैन।

बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै सभापति भट्टराईले महत्वपूर्ण विषयमा सहमती नगरी तेस्रो पटक प्रतिवेदन बुझाउनु पर्दा निराश नभए पनि हिनताबोध भएको बताए । ‘तेस्रो पकट प्रतिवेदन बुझाउन लाग्दा अन्यौल र हिनताबोध छ,’ उनले भने,’तर आश भने मारिसकेको छैन।’

नयाँ संविधान जारी नगर १२ बुँदे सहमितको अपरिहार्यता नसकिने भन्दै भट्टराईले दलहरु आफ्नो अडानमा कायम रहेसम्म सहमति बन्न नसक्के बताए।

माघ ८ गते संविधान जारी गर्ने गरी निर्माण गरिएको कार्यतालिकाअनुसार समितिले भदौ २१ गतेभित्र प्रमुख विषयमा सहमति जुटाउनु पर्ने हुन्थ्यो। तर निर्धारित समयमा सहमति जुट्न नसकेपछि संविधानसभालेे असोज २० गतेसम्म दोस्रो पटक र त्यसपछि सात दिनको थपेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री