‘हिमआँधीले अलपत्र परेकाको उद्दार कार्य करिब करिब सकियो’

काठमाडौं। सरकारले बुधबारको हिमआँधीको कारण अलपत्र परेका पर्यटकको बारेमा थप कुनै जानकारी नभएको भन्दै उद्दार कार्य करिब करिब सम्पन्न भएको जनाएको छ।Map of Diz

उद्दार कार्य शुरु भएको पाँच दिँनपछि सरकारले अब मृत्यु भएका व्यक्तिको शव खोज्ने कार्य हुने जनाएको छ। बुधबारको हिमआँधीमा परि मृत्यु भएका ३२ जनाको शव भेटिएको छ। हिमअाँधीको कारण अन्य थप ७ जनाको मृत्यु भएको ठानिएको छ।पर्यटन मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा १७ विदेशीसहित ३२ जनाको शव प्राप्त भएको जनाइएको छ। मुस्ताङ, मनाङ, म्याग्दी र डोल्पा जिल्लामा पदयात्रीहरु रहेका विदेशी तथा नेपाली पदयात्री र उनीहरुलाई सघाउने नेपालीहरु हुन्। मृत्यु हुने विदेशीमा जापान, इजरेल, क्यानाडा, भारत, स्लोभाकिया, भियतनाम र पोल्यान्डका नागरिक छन्।

त्यसैगरी हालसम्म ४ सय ७ जनाको उद्दार गरिएको जनाइएको छ। उद्दार गरिएकामा १ सय ८१ नेपाली र २ सय २६ जना विदेशी नागरिक रहेका छन्। बाँचेका धेरैका अंगहरु हिउँले खाएका छन्। केही अपाङ समेत बनेका छन्।

तर अहिले नेपाली पदयात्राको क्षेत्रमा भएको सबैभन्दा ठूलो प्राकृतिक विपत्तिको समयमा अन्नपूर्णसहितका क्षेत्रमा कति मानिस थिए भन्ने यकिन तथ्याकं भने सरकारसँग छैन।

दशकौं पछि हिमालय क्षेत्रमा यस प्रकारको विपत्त आएको विज्ञहरुले बताएका छन्। भारतको अन्डहुदमानबाट शुरु भएको समुद्री आँधी हुडहुडको कारण पश्चिमी हिमाली क्षेत्रमा  २४ घन्टामा त्यस क्षेत्रमा गरी करिब ६ फिटसम्म हिमपात भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री