कुवेतमा हुने यु-१९ क्रिकेटका लागि १८ खेलाडी छनौट, राजु रिजाल कप्तान

काठमाडौं। क्रिकेट एसिएयसन अफ नेपाल (क्यान) ले कुबेतमा आयोजना हुने एसिसी मेन्स अन्डर नाइन्टिन प्रिमियर ट्रफीका लागि राजु रिजालको नेतृत्वमा १८ सदस्यीय टोलीको घोषणा सोमबार गरेको छ।can-logo3

कातिक २१ देखि ३० गतेसम्म कुवेतमा हुने प्रतियोगतामा सहभागी हुने दोस्रो चरणको बन्द प्रशिक्षण हुने क्यानले जनाएको छ।

टोलीको उप कप्तानमा आरीफ शेख रहेका छन्। त्यसैगरी निरज मुखिया, ईर्साद अहमद, आशिष धामी, हेमन राई, शंकर राना, प्रेम तामाङ्, सौरभ खनाल, सन्दिप सुनार, योगेन्द्र कार्की र कुशल भुर्तेल दोस्रो चरणको बन्द प्रशिक्षणका लागि छानिएका छन्।

छनौटमा परेका अन्य खेलाडीमा राजवीर सिंह, सुशील कँडेल, सुनिल धमला, दीपेश श्रेष्ठ, दीपेन्द्र ऐरी र अर्जुन चापागाईं छन्।

प्रतियोगितामा अफगानिस्तान, संयुक्त अरब इमिरेट्स(युएइ), मलेसिया, साउदी अरब र कुवेतको सहभागी रहने छ।

प्रतियोगितामा नेपाली टोलीको प्रशिक्षकमा नविनकुमार सिंह र व्यवस्थापकमा धिरेन्द्र साउद रहने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री