साइज ८ सुन्दरीका पछाडि लाग्ने कति कति

Sabrina_photoshoot01

लन्डन । बितेको ३१ अगष्ट सांझ अल्डरसटस्थित प्रिन्सेस् हलमा आयोजित ‘मिस यूके नेपाल २०१४’ का सहभागी ११ सुन्दरीहरु त्यतिबेला आ आफ्नो कला देखाएर विभिन्न अवार्ड जित्न सफल भए, संगै दर्शकको मन पनि । ति सुन्दरीलाई र्याम्पमा हिंड्ने कला, सार्वजनिक मञ्चमा बोल्ने शैली, निर्णायकहरुको प्रश्नमा सटिक जवाफ दिने तरिका आदि इत्यादि सिकाउने पर्दा पछाडि एउटा पात्र थिइन् मोडल एवं नायिका सब्रिना श्रेष्ठ प्रधान । अरु बेला सिनेमाका पर्दामा अगाडि नै झुल्कने सब्रिना त्यो बेला भने कोरियोग्राफरको भूमिकामा पर्दा पछाडि थिइन् । तर, उनको खुबी र भूमिका पछि त बाहिर आउने भइ नै हाल्यो ।

हङकङबाट केही वर्ष अघि बेलायत बसाईं सरेकी सब्रिनाको पहिचान कोरियोग्राफर, मोडल, नायिका र नृत्यांगनाका रुपमा बराबर स्थापित छ । मिस यूके नेपाल, टप मोडल यूके नेपाल, लन्डन फेशन हाउस र पर्छ प्रोडक्शन इभेन्ट्समा कोरियोग्राफी गरिसकेकी उनी यहांको व्यस्त दैनिकीबाट उम्केर अभिनयमा पनि समय दिन भ्याइरहेकी छिन् । हालसम्म उनले खोज, द प्लान, कसुर र निर्दोष नामका फिल्ममा मुख्य भूमिका निर्वाह गरिसकिन्, लाइफ इन द यूके चाहिं निर्माणाधिन छ ।

हङकङ छंदा मिस ट्यालेन्ट हन्ट २००६ टाइटिल जितेकी सब्रिनाले म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । गायकहरु विजय लामा, रिमा गुरुङ, इन्टेक बिट्स लगायतको भिडियोमा उनलाई देख्न पाइन्छ ।

सब्रिना १५ वर्षको उमेरदेखि नै सोखले अभिनयमा रमाउन थालेकी थिइन् । तर, अब त व्यवसायिक रुपमै एकसाथ अघि बढेको छ उनको मोडलिङ र अभिनय करिअर ।

साइज ८ फिगर र उचाईं ५ फिट ७ इञ्चकी सब्रिनालाई मन पराउने त कति छन् कति । यद्यपि, उनी कसैबाट ‘अकुपाइड’ भइसकेकाले अरुतिर ध्यान नदिने बताउंछिन् । बिहे पनि तत्काल उनको दिमागले सोचेको छैन् ।

Sabrina-2231

प्रतिक्रिया

सम्बन्धित सामाग्री