‘कोठा बिगारे’ पछि एशियाड आयोजकद्वारा नेपाललाई तीन हजार डलर जरिवाना

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले इन्चोन एशियाली खेलकुदमा  सहभागी भएका नेपाली खेलाडीहरुले होटलको कोठा विगारेपछि तीन हजार अमेरिकी डलर जरिवाना तिरेको छ। राखेपका सदस्य सचिव युवराज लामाले नेपाली खेलाडीले होटल कोठामा कोरेको र बिगारेपछि १७ औ एशियाड आयोजकलाई जरिवाना तिर्नु परेको मंगलबार खुलासा गरेका हुन्।Nepal_March1

लामाले ट्वविटरमार्फत सो घटनाले लाज मर्नु बनाएको बताएका छन् । ‘लाजले मर्नु भयो, नेपालको खेलाडिहरुले भित्तामा कोरेको, कोठा बिगारेको आदिको जरिवाना ३००० डोलर राखेपले तिर्नु पर्यो १७औ एसियन खेलकुद आयोजकलाई’ लामाले ट्विटमा लेखका छन्।

YubRaj_tweet

खेलकुद संस्थाबीच खिचातानी, तीन खेलाडी वेपत्तापछि खेलाडीले होटल विगारेका कारण तीन हजार अमेरिकी डलर आयोजकलाई तिर्नु परेको खुलेको हो।

आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, साइक्लिङ, फेन्सिङ, फुटबल, गल्फ, जिम्न्यास्टिक, जुडो, सेपाटाक्र, सुटिङ, पौडी, टेनिस, टेबलटेनिस, ट्रायथलन, भारोत्तोलन र उसु गरी २ सय ३ खेलाडीको सहभागिता थियो।

सहभागिताका लागि मात्रै ६ करोड रुपैया खर्चेको नेपालले कराँतेतर्फ एउटा कास्य पदकमा नेपालले चित्त बुझाएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री