प्रवासी नेपाली मञ्चले देउसी खेलाउंदै

 

10743836_10205264099023920_1070099221_n

लण्डन । एक दशक अघि स्थापना भएको प्रवासी नेपाली मञ्च युकेले नेपालकै झल्को दिने गरि बेलायतस्थित लण्डन शहरमा सामूहिक देउसी खेलाउने भएको छ  । २२ अक्टोबर बुधबार लण्डन ह्यारो फुटबल क्लवमा पहिलो पटक भव्य रुपमा सामूहिक देउसी/भैलो खेलाउन लागिएको हो ।

नेपाली संस्कृतिको झल्को र नयाँ पुस्तालाई नेपाली संस्कृतिबारे जानकारी गराउने उद्देश्यले मनोरजन कार्यक्रमसहित देउसी खेल्ने कार्यक्रम राखिएको छ ।
देउसी/भैलोमा हांस्य कलाकार मनोज गजुरेलसहितका कलाकारको वेजोड प्रस्तुति प्रमुख आकर्षण रहने मञ्चका अध्यक्ष रामशरण सिम्खडाले बताए । ‘मनोज गजुरेलीय देउसी भैलो प्रस्तुतिका हिसावले अविश्मणीय रहन्छ’ सिम्खडाले वी नेपाली डटकमसँग भने ।

अध्यक्ष सिम्खडाका अनुसार, मञ्चले प्रवासीलाई पनि नेपालकै झल्को दिने गरि कार्यक्रमको व्यवस्थापन गरिसकेको छ । कार्यक्रममा तीन सय भन्दा बढि सहभागी रहने आयोजकको अपेक्षा छ । बेलायतस्थित कार्यवाहक राजदूत तेजवहादुर क्षेत्री र यहाँस्थित विभिन्न पार्टी तथा सामाजिक क्षेत्रका अगुवाहरुको कार्यक्रममा सहभागिता रहनेछ ।

व्यवस्थापकीय पक्ष चुस्त बनाउन अग्रिम रुपमा टेवल वुकिङ भैसकेको छ । एक टेवुलमा १० सिट रहनेछ । तिहारमा बनाइने परिकार पनि हरेक टेवुलमै पुर्याउने व्यवस्था आयोजकले गरेको कार्यक्रम संयोजक रामजी बरालले बताए ।

प्रवासमा मनाउन लागिएको देउसी/भैलोलाई भव्य बनाउन मञ्च, यसका समर्थक र शुभचिन्तकले सहयोग गरिरहेको कार्यक्रम सचिव मिलन घिमिरेले वीनेपालीलाई जानकारी दिए । मिडिया मैत्री बनाउन लागिएको कार्यक्रमको रेडियो राइनोले प्रत्यक्ष प्रशारण गर्नेछ । रेडियो मार्फत बिभिन्न कारणले कार्यक्रममा उपस्थित हुन नसक्नेले प्रत्यक्ष प्रशारण सुन्न सक्नेछन् । कार्यक्रममा बेलायतस्थित मिडियाका प्रतिनिधिहरुको सहभागिता रहने अध्यक्ष सिम्खडाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री