बेलायतमा कसले कसरी मनाउंदै छन् तिहार?

diwali-diya-photos-7

लन्डन । यस पालाको तिहार पनि घर दैलोमा आइसकेको जनाउ सामाजिक सञ्जालका भित्तामा मिल्काइएका पोष्टले दिइसकेका 
छन् । साथीभाइ र आफन्तजनहरु अनलाइन देखिने वित्तिकै शुभकामना टक्र्याउन 
थालिसके । तर, पांचवर्षयता परिवारबाट टाढिएकी बबी केसीको मनमा भने उस्तो उत्साह छैन् । ‘साथीभाइ, आफन्तलाई तिहार माहोलले छोइसक्यो तर मलाई यो पर्व हर्ष न विस्मात छ’, उनी दुःखी भइन्, ‘परदेशमा काम र अध्ययन चाप अनि परिवारबाट एक्लिंदा पर्वको महत्व खासै नहुने रहेछ ।’

यसै पनि सधैं झिलिमिली रहने लन्डनमा बबी जस्ता परदेशिएका कयौं नेपालीलाई तिहार खल्लो हुनेछ । न देउसी भैलोको रौनक छ, न टिका टालो । 
‘भरचुअल वल्र्ड’ मा रमाउनुको विकल्प छैन् उनीहरुसंग । ‘नेपालको दोश्रो ठूलो चाड र यसको सांस्कृतिक महत्वबारे काम र कलेजतिर के मतलव ?’ अर्की एकजना विद्यार्थी लक्ष्मी महर्जन भन्छिन्, ‘कामबाट विदा पनि मिलेन । स्काइप र भाइवरमा दाजुभाइसंग शुभकामना सांटेर तिहार मनाउनु पर्ला ।’

बेलायतको व्यस्त दैनिकीबीच आउने तिहार जस्तै अरु नेपाली चाडपर्व त्यसै ओझेल पर्छन् । मनमा आस्था र सम्मान छ आफ्नो परम्पराको, तर समय र परिवार एकैसाथ नहुंदा धेरैलाई आए गएको पत्तै हुन्न । चारतिर छरिएका साथीभाई एकत्रित हुन पनि त्यति सहज छैन् । कतिपयको बुझाइमा बेलायतको खुल्ला परिवेशले मौलिक नेपाली चाडपर्व विस्थापित गर्दै लगेको छ । बेलायतमै जन्मे हुर्केको तन्नेरी पुस्तालाई त नेपाली चाडबाड कहिले पर्छ त्यो पनि हेक्का छैन् ।

नेपाल जस्तो सार्वजनिक स्थानमा देउसी भैलो भट्याउन नमिले पनि बेलायतस्थित केही संघसंस्थाले भने ‘इन्डोर’ कार्यक्रम राखेर स्वदेशको सम्झना दिलाउने प्रयास गरेका छन् । प्रवासी नेपाली मञ्च, बेलायतले लक्ष्मी पूजाको अघिल्लो सांझ लन्डन ह्यारोमा देउसी भैलो गरेको छ जसमा हांस्यकलाकार मनोज गजुरेल विशेष आकर्षण रहे । ‘सांस्कृतिक विविधताले भरिएको बेलायतमा आफ्नै मौलिक ढंगले तिहार मनाउने वातावरण सृजना गर्ने प्रयास हो’, गजुरेलले सुनाए । बेलायतस्थित नेपाली नर्सहरुको संस्था नेपलिज नर्सिङ एसोसिएसन यूकेले पनि देउसी भैलो खेल्ने योजना बनाएको छ । व्यक्तिगत तवरले हाउस पार्टी जोहो गर्ने जमात पनि बेग्लै छ । लन्डन बस्ने सन्सी खड्काले लक्ष्मीपूजाका दिन साथीभाइहरुसंग म्यारिज खेल्ने र खाने पिउने कार्यक्रम बनाएका छन् । ‘देश छोड्नु परेको पीडा एकातिर पन्छाएर परिस्थिति अनुरुप चाडबाड मनाउनु पनि त पर्यो’, उनी भन्दै थिए ।

बेलायतस्थित भारतीय समुदायले पनि दीपावली धुमधामसंग मनाउने गरेको छ । प्रधानमन्त्री डेभिड क्यामरुनले त वर्षेनी आफ्नो निवासमा केही नेपाली अगुवासहित भारतीय नागरिकलाई निम्तो दिएर शुभकामना कार्यक्रम राख्दै आएका छन् ।

सबैका आ आफ्नै योजना
कुल आचार्य, पूर्व अध्यक्ष गैर आवासीय नेपाली संघ बेलायत तथा सफल व्यवसायी

1374928_709674439046786_1371617940_n

यसपटकको तिहार बेलायतमै मनाउने योजना छ, पोहोर त नेपाल थिएं । बेलायतमै भएपनि तिहारको बेग्लै रमाइलो हुन्छ । सबै परिवार यतै भएर पनि होला । डेढ दशक अघि बेलायत आउंदा अहिले जस्तो नेपाली धेरै थिएनन् । अहिले त सामान पनि सबै पाइने, जताततै नेपाली छन्, चाडवाडमा नेपाल त्यति मिस हुन्न । परिवारका १५ जना जति सदस्यहरु एकै ठाउं भेला भएर तिहार मनाउने योजना छ । तीन वर्षकी सानी छोरीले बाबा तास खेल्ने भनिरहेकी छ, केटाकेटीसंग जुट पत्ति पो खेलिन्छ जस्तो छ (हांसो…) ।

 

गायक विवेक श्रेष्ठ

तिहार मेरा लागि सबैभन्दा महत्वपूर्ण पर्व हो । मेरा तीन बहिनी भएकाले पनि तिहारको बेग्लै महत्व छ । तर उनीहरु संगै नहुंदा मैले धेरै मिस गरिरहेको छु ।
यूकेमा कजिन सिस्टरसंग टिका लगाउंछु ।

देउसी भैलो गाएरै मलाई धेरैले चिनेका हुन् । हामी सानोमा खुब खेल्थ्यौं देउसी । मलाई भट्याउन मन पर्थ्यो । म तास त कहिल्यै खेल्दिन र नसिकेकोमा गर्व पनि छ । तर, लंगुर बुर्जा खेल्न चाहिं रमाइलो लाग्छ । तिहारमा विभिन्न कार्यक्रमबाटै व्यस्त भइन्छ । नेपाल सम्वत मनाउन दूतावास जाने योजना छ । २४ अक्टोबर शुक्रबार सांझ प्लमस्टेडमा म्हः पूजातिर पनि व्यस्त भइन्छ । तिहारको सबैलाई शुभकाना ।

23993_379441388788_4801572_n

गायक विवेक श्रेष्ठ

 

नारायण अधिकारी, युवा साहित्यकार

1491557_10203777406456096_1526680791755208319_o

 

तिहार मेरो सबै भन्दा मनपर्ने चाड हो  भूगोलको  हिसाबले मातृभूमि नेपाल बाट अलि टाढा छु तर मानिस जहाँ पुगेपनि भाषा, धर्म र संस्कृति संगै आउँदो रहेछ । प्रवासमा बसेपछि स्वदेश र परदेश दुवैको संस्कृतिको सम्मान गर्न पर्दो रहेछ । भौतिक सम्पनताले मात्र मानिस  सुखी हुँदो रहेनछ, सायद त्यहि भएर होला हामी नेपाली हरु लाई  जहाँ बसेपनि आफ्नै  चांड पर्व राम्रो लाग्ने । 

काम बाट चार दिनको छुट्टी लिएको छु तिहारको लागि । लक्ष्मी पुजाको दिन अपार्टमेन्टमा  केहि साथीहरुको जोडीलाई  निम्तो दिएको छु । सेलरोटी हाल्ने तयारी गरेका छौं । लन्डन आए देखि दशैँ होस् वा तिहार निधार खाली नै बसेको छ । यहाँ  दिदी बहिनि नभएको ले अलि कति कता-कता  दिदीहरु सम्झेर मनमा नरमाईलो लाग्छ । नेपाल मा दिदीहरुले उता हुनु भएको २ जना दाजुहरुलाई टिका लगाई दिनु हुन्छ । अर्को एउटा दाई दुवइ  पुलिस मा कार्यरत हुनु हुन्छ, उंहा को पनि निधार मेरो जस्तै  खाली नै रहन्छ । अलि – अलि तास साथीहरु संग खेल्ने छु । टिकाको दिन बेलुका रम्फोर्डमा रहेको एउटा पुरानो पवमा बसेर रमाईलो गर्ने विचारमा छौं । म ड्रिंक्स गर्दिन तर पवमा गएर ड्रिंक्स गर्ने साथीहरुसंग गफिएर जुस खान भने मलाई  अति मन पर्छ  । 

 

10453009_10202983172569125_1567533057598649169_o

प्रवासी नेपाली मञ्च बेलायतको देउसी भैलो कार्यक्रमको एक झलक । तस्विरः शिव भण्डारी

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री