सिंगापुरविरुद्ध २ सय ६४ रनको लक्ष्य, ज्ञानेन्द्र मल्लको १ सय १४ रन

काठमाडौं। ज्ञानेन्द्र मल्लको शतकको मद्दतले नेपालले सिंगापुरमा जारी आइसिसी डिभिजन थ्री क्रिकेट प्रतियोगितामा सिंगापुरलाई २ सय ६४ रनको लक्ष्य प्रस्तुत गरेको छ।Gyanedra_Maallllllla

टस हारेर ब्याटिङ गर्न आएको नेपालका लागि उप कप्तान मल्लले १ सय १४ रनको इनिङ खेलेका थिए। पहिलो ओभरको दोस्रो बलमा ओपनिङ ब्याट्सम्यान सुवास खकुरेल शुन्यमा आउट भएपछि मल्ल ब्याटिङ गर्न आएका थिए।

४३ ओभर ४ बलमा आउट हुनुअघि मल्लले १ सय २५ बल खेल्दै १३ चौका र एक छक्का प्रहार गरेका थिए।

नेपालका लागि नरेश बुढाऐरले २९, पारस खड्काले १४, शरद भेषवाकरले २५, बसन्त रेग्मी २१, बिनोद भण्डारीले ८, सागर पुनले २१, सोमपाल कामी र अमृत भट्टराईले ६-६, शक्ति गौचने ५ रन बनाएका थिए।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री