काठमाडौं-दिल्ली र पोखरा-दिल्ली बस चल्ने

काठमाडौं। पर्यटन प्रवर्द्धन गर्न नेपाल र भारतका विभिन्न सहरहरुबीच बस सेवा सञ्चालन गरिने भएको छ। काठमाडौमा हुने सार्क शिखर सम्मेलनको समयमा बस सेवा सञ्चालनको सम्झौतामा हस्ताक्षर हुने भएको छ। काठमाडौं- दिल्ली, पोखरा-दिल्ली र काठमाडौ-वारणसीबीच दैनिक रुपमा बस सेवा सञ्चालनमा ल्याउन सकिने रुटको रुपमा दुवै देशका अधिकारीहरुले पहिचान गरेको टाइम्स अफ इन्डियाले जनाएको छ।india-nepal-flag

सार्क सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा बस सेवा सञ्चालन सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने भारतीय अधिकारीहरुले विश्वास व्यक्त गरेका छन्। यस्तो सबैभन्दा लामो रुढ दिल्ली-काठमाडौको १ हजार ५८ किलोमिटरको हुनेछ। बस सेवा सञ्चालनले दुवै देशको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

मोदीको भ्रमण अघि नै नेपाल आउने भारतीय यातायात मन्त्री नीतिन गडकरीको भ्रमण समयमा नेपाल र भारतको सडक मर्मत सम्बन्धमा छलफल हुने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री