संघीय समाज यूकेमा को थपिए, कसको पदोन्नति ?

fspn uk3

लन्डन । नेपाली संघीय समाज यूकेको प्रथम बैठकले समितिलाई पूर्णता दिंदै विभिन्न विभाग तथा राज्य समितिहरु गठन गरेको छ । नोभेम्बर १ तारिख नर्थहोल्ट, लन्डनस्थित चौतारी रेष्टुरेष्टमा सम्पन्न बैठकले राज्य समिति तथा विभाग गठन गरेको हो ।

बैठकमार्फत संघीय समाजवादी पार्टी, नेपालको विभिन्न जातिय मोर्चाहरु यूकेमा समेत विस्तार गरिएको छ, जसमध्ये ताम्सालिङ प्रदेश समिति यूके संयोजकमा दावा स्याङ्बो, सहसंयोजकमा शुशिला वाइवा, किरात खम्बुवान प्रदेश समिति यूके संयोजक भानुभक्त राई र तमुवान प्रदेश समिति यूके संयोजकमा कमल गुरुङ चयन भए ।

पार्टीको भातृसंगठन संघीय सांस्कृतिक महासंघ यूकेको संयोजकमा गायक किसन राई र सहसंयोजकमा प्रकाश राई प्राण चयन भएका छन् । त्यस्तैगरि पार्टीको विभिन्न विभाग पनि गठन भएको छ । जसअनुसार पार्टी प्रशिक्षण विभाग संयोजक भगवान चाम्लिङ, सहसंयोजक प्रेमकुमार राई, पार्टी आर्थिक विभाग संयोजक जंग सुनुवार र सहसंयोजकमा विमला राई छानिएका छन् । पार्टी अनुसासन विभाग संयोजक राजेन्द्र खिम्दिङ र सहसंयोजक कमल गुरुङ, संघीय युवा संघ यूके संयोजक मिलन राई र सम्पर्क सहयोगी वालकृष्ण राई छन् । त्यसैगरि, पार्टी संगठन विभाग संयोजक विश्वासहांङ खेवाहांङ र कमल प्रसाद राई छानिए भने पार्टी प्रचारप्रसार विभाग संयोजकमा देव गुरुङ र सहसंयोजकमा जानुका राई ल्याइएको छ । समाजवादी महिला संघ यूके संयोजकमाभ बसुन्धरा याख्खा राई चयन भइन् भने अध्यक्ष, महासचिव र उपमहासचिव रहेको सचिवालय गठन गरिएको छ । बैठकले समिति तथा विभागहरुले आगामी ६ महिना भित्र न्यूनतम आवश्यक कार्य गर्न नसकेको अवस्थामा सम्पूर्ण अधिकार केन्द्रिय समितिले लिन सक्ने समेत निर्णय गरेको छ ।

बैठकले सल्लाहकार समिति र बुद्धिजिवी समिति समेत बेग्ला बेग्लै गठन गरेको छ । जसअनुसार सल्लाहकार समितिमा पूर्व अध्यक्ष तथा केन्द्रीय नेपाल समिति सिफारिस भगवान चाम्लिङ, पूर्व महासचिव प्रेमकुमार राई, सिरी प्रसाद लिम्बु, कमल गुरुङ, भक्त बहादुर गुरुङ, मेजर भूपजित राई, कृष्ण बहादुर राई, क्षेत्रकला राई, जीबन राई, खगेन्द्र याख्खा, तारा बहादुर गुरुङ, दिलिप महासेठलाई चयन गर्यो भने बुद्धिजिवी समितिमा बी. के. पाण्डे, एकेन्द्र गुरुङ, केदार सुनुवार, रमेश घिमिरे र शिवधन राईलाई चयन गरिएको छ ।

बैठकमा उपाध्यक्ष जंग सुनुवारले प्रथम महाधिवेशनको समीक्षा गरेपछि उठेका प्रश्नहरुको जवाफ पूर्व अध्यक्ष भगवान चाम्लिङ र पूर्व महासचिव प्रेमकुमार राईले दिएका थिए । छलफलमा समग्रमा महाधिवेशन भब्यतापूर्वक सम्पन्न भएको, नेपालबाट आमन्त्रित अतिथिहरुबाट राम्रो प्रभाव भएको नवनिर्वाचित अध्यक्ष धर्मबहादुर तामाङले उल्लेख गर्दै समीक्षाको चरण टुङ्ग्याएका थिए ।

समिक्षा लगतै निवर्तमान अध्यक्ष र महासचिवले नवनिर्वाचित अध्यक्ष र महासचिवलाई सम्पूर्ण डकुमेन्ट सहित जिम्मेवारी हस्तान्तरण गरे लगत्तै अघिल्लो कार्यसमितिलाई हार्दिक आभार सहित अध्यक्ष तामाङ र नवनिर्वाचित महासचिव विश्वासहांङ खेवाहांङले विदाई गरेका थिए । पूर्व अध्यक्ष चाम्लिङ र पूर्व महासचिव राईले पनि विदाई मन्तब्य राखेका थिए ।

बैठकले केही बुंदागत निर्णयहरु गरेको छ । बैठकले वर्षभर गरिने कार्ययोजना माथि छलफल गरि पारित गर्नुको साथै केन्द्रीय समितिमा जंग बहादुर सुनुवारलाई वरिष्ठ उपाध्यक्ष, मेजर योगस राईलाई उपाध्यक्ष, नरेशमणि काङमाङलाई पार्टी प्रवक्ता र ईश्वर चाम्लिङलाई सचिवमा पदोन्नति गरिएको छ । त्यस्तै रत्न थापामगर,  टिकाधन राई, मान राई र राज राईलाई केन्द्रीय समिति सदस्यमा चयन गरियो ।

बैठकका अवसरमा तमु धिं यूकेका केन्द्रीय अध्यक्ष कमल गुरुङलाई पार्टीको झण्डा र खादा दिएर अध्यक्ष तामाङले पार्टीमा औपचारिक स्वागत गरे । गुरुङ उक्त पार्टीमा केही समयदेखि सक्रिय दिए । बेठकले गुरुङलाई पार्टीको महत्वपूर्ण जिम्मेवारी पनि तोकेको छ ।

बैठकले नेपाल केन्द्रीय समितिको आसन्न प्रथम महासम्मेलनका लागि यूकेमा सदस्यता वितरण लगायतलाई तीव्रता दिने साथै निर्माणाधिन संविधानमा पहिचान सहितको प्रभावकारी राज्य नबनाउने अवस्था आएमा यूके समितिले महत्वपूर्ण भूमिका खेल्ने निर्णय गरेको छ ।

संघीय समाजवादी पार्टी, नेपालको प्रवास अंगको रुपमा रहेको नेपाली संघीय समाज यूकेले नेपालका ६०१ सभासद सबैलाई संघीयता सम्बन्धि दस्तावेज रहेको सङ्घीय गणतन्त्र नेपालः समावेशी लोकतन्त्रको उच्चतम रुप नामक पुस्तक उपहार स्वरुप हस्तान्तरण गरिएको उपाध्यक्ष देव गुरुङले बताए ।

बैठकले गत २० सेप्टेम्बरमा सम्पन्न पार्टीको प्रथम महाधिवेशन पश्चात गठन भएको नेपाली संघीय समाज मेडस्टोन समितिलाई अनुमोदन गर्दै रिडिङमा सम्पन्न पार्टी प्रशिक्षणको लागि योगदान गर्ने सबैलाई धन्यवाद प्रस्ताव पारित गर्यो । पार्टीले आउदो मंसिर ७ तदनुसार २३ नोभेम्बरका दिन लण्डनमा पार्टी स्थापना दिवस साथै लण्डन शाखा समितिको महाधिवेशन गर्ने समेत निर्णय गरेको छ । यस समाजको विभिन्न ७ शाखा समितिहरु विस्तार भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री