विश्व नेपाली साहित्य महासङ्घ युके शाखामा जर्जर हाङबाङ

GFNL
लण्डन । विश्व नेपाली साहित्य महासङ्घ युके शाखाको नयाँ कार्यसमितिमा साहित्यकार तथा नाट्य कलाकार समिप हाँङवाङ जर्जर पुनः अध्यक्षमा चयन हुनुभएको छ ।
केशव खतिवडा निर्वाचन संयोजक र कृष्णबहादुर तामाङ निर्वाचन सचिव रहेको निर्वाचन मण्डलले घोषणा गरेको प्रेस विज्ञप्ति अनुसार नवगठित कार्यसमितिमा उपाध्यक्ष भरत पाण्डे, महासचिव पवन शर्मा, सचिव प्रगति पाण्डे, कोषाध्यक्ष शिवराज पाण्डे, सहकोषाध्यक्ष तेनाहाँङ राई, वरिष्ठ सदस्यद्धय केशव भण्डारी, महेश अधिकारी र सदस्यहरुमा होम सुनुवार, दधिबन्धु घर्तिमगर, दलबहादुर बुढाथोकी मगर, अम्बिरा राई, ममता राई, र शेरबहादुर इङनाम चयन भएका छन् ।
निर्वाचन मण्डलले ३० अक्टोबर भित्र उम्मेदवारीको लागि आब्हान गरेको थियो ।
महासङ्घ युके शाखा सन् १८ अक्टोबर २०१० मा तदर्थ समिति गठन भएको थियो ।
महासङ्घ युकेले विभिन्न साहित्यिक गतिविधि गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री