महागुरु फाल्गुनन्द जन्मजयन्ति युकेमा पनि मनाइँदै

Falgunanda
लण्डन । समाजसुधारक महागुरु फाल्गुनन्द लिङ्देनको १३० अौँ जन्मजयन्ति युकेमा पनि मनाउन लागिएको छ ।
आगामी १६ नोभेम्बर २०१४ को विहान १० बजे कोर्लि कन्जरभेटिक क्लब अक्सफोर्डमा किरात मुन्धुम अनुसार लिङदेनको जन्मजयन्ति मनाइने कार्यक्रम रहेको किरात धर्म तथा साहित्य उत्थान संघ युकेका अध्यक्ष रामकुमार थेवेले जानकारी दिए ।
सोही दिन यस वर्षको न्वागी पूर्जा अर्थात किरात उधौली (चासोक तङनाम) मनाइने भएको छ ।
महागुरु फाल्गुनन्दलाई नेपाल सरकारले नेपालको १६ औं राष्टिय विभूतिको रुपमा सम्मान गर्दै हुलाक टिकट प्रकाशन गर्नुको साथै विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
सन् २००९ मा युकेमा स्थापित किरात धर्म तथा साहित्य उत्थान संघले किरात धर्मका अनुयायीहरु बढाउदै नियमित कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री