एसिसी यु-१९ प्रिमियर ट्रफी: कुवेतलाई ३ सय २६ रनको लक्ष्य

काठमाडौं। मध्यक्रमका ब्याट्सम्यानहरुले उत्कृष्ट प्रदर्शन गरेपछि एसिसी अन्डर नाइन्टिन प्रिमियर ट्रफीमा नेपालले कुवेतलाई ३ सय २६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। कुवेत सिटीस्थित दोहा इन्टरटेनमेन्ट सिटी ग्राउन्डमा टस हारेर ब्याटिङ गर्न उत्रिएको नेपालले खराब शुरुवात गरेको थियो।

ट्रफीका साथ सहभागी देशका कप्तानहरु। तस्विर :  एसिसी

ट्रफीका साथ सहभागी देशका कप्तानहरु। तस्विर : एसिसी

४ ओभर २ बलमा ३ विकेट गुमाएर संकट परेको नेपाली इनिङका लागि आरिफ शेखले सम्हालेका थिए । इनिङको अन्त्यतिर सौरभ खनाल, दीपेन्द्रसिंह ऐरीले सातौ विकेटका लागि ६ ओभर ५ बलमा ९४ रनको विष्फोट साझेदारी गरेपछि निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २५ रन बनायो। २० बल खेल्दै ऐरीले ४८ रन जोडे। ४९ ओभर ५ बलमा रन आउट हुनुअघि ऐरीले चार छक्का र २ चौका प्रहार गरे।

३५ बल खेलेका खनाल ६४ रनमा नट आउट रहे। नेपालका लागि आरिफ शेखले सम्हालिएको ब्याटिङ गर्दै १ सय ११ बलमा ८७ रनको इनिङ खेल। उनले चौथो विकेटका लागि राजु रिजालसँग ९३, पाँचौ विकेटक लागि सन्दीप सुनारसँग ९३ र छैटौ विकेटका लागि सौरभ खनालसँग २७ रनको साझेदारी गरेका थिए। रिजालले ३१ सुनारले ४९ बनाए छन्।

आइतबारको खेलमा नेपालले साउदी अबरविरुद्ध ३ सय २१ रन बनाएको थियो। सो खेलमा साउदी अरब १ सय ९५ रनले पराजित भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री