बलर हावी खेलमा नेपाल ५३ रनले विजयी

काठमाडौं। नेपालले बलर हावी रहेको आइसिसी यु १९ प्रिमियर ट्रफीमा तेस्रो खेलमा मलेसियालाई ५३ रनले पराजित गरेको छ ।

ट्रफीका साथ सहभागी देशका कप्तानहरु। तस्विर :  एसिसी

ट्रफीका साथ सहभागी देशका कप्तानहरु। तस्विर : एसिसी

नेपालले प्रस्तुत गरेको १ सय १६ रनको लक्ष्य पछ्याएको मलेसिया ६१ रन अल आउट भयो। १९ ओभरबाट ५ विकेट गुमाएर ५७ रन बनाएको मलेसिया ६२ रनमा अल आउट भएको थियो। मलेसियाका लागि सबैभन्दा बढी अनवर रहमानले ३३ रन बनाए ।

नेपालका लागि अर्जुन चापागाईले पहिलो ओभरमा २ विकेटसहित तीन विकेट लिए। सुशील कँडेल र सौरव खनालले २-२ दुई विकेट लिए । त्यसैगरी दीपेन्द्रसिंह ऐरी, सुनिल धमला,  प्रेम तामाङले एक एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालका लागि कप्तान राजु रिजालले ३९ रन बनाए भने ओपनिङ ब्याट्सम्यान सुनिल धमलाले १९, प्रेम तामाङले १६, योगेन्द्र कार्कीले ११ र दीपेन्द्र सिंह ऐरीले नट आउट १२ रन बनाए । नेपालका तीन खेलाडी शुन्यमा आउट भए ।

मलेसियाका लागि वीरनदीप सिंहले १६ रन खर्चेर ३ विकेट लिए भने मुहमद हफिज, पभनदीप सिंह र अनवर रहमानले २-२ विकेट लिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री