वर्षाको कारण नेपाल र श्रीलंंका कम्बाइनबीच खेल बराबरी

काठमाडौं। वर्षाको कारण नेपाल र श्रीलंका कम्बाइन एघारबीचको दोस्रो तीन दिवसीय खेल बराबरीमा टुङ्गिएको छ। यसअघि पहिलो खेलमा कम्बाइनसँग पराजित भएको नेपालले दुई खेलको श्रृखला १-० ले गुमाएको छ।sompal

तीन दिवसीय खेलको अन्तिम ६५ रनको लक्ष्य नेपालले प्राप्त गरेपनि लन्च ब्रेकपछि वर्षा र भिजेको फिल्डको कारण खेल हुन सकेन र खेल बराबरीमा टुङ्गियो। नेपालले श्रृखला बराबरी गर्ने राम्रो अवसर गुमाएको छ।

दोस्रो खेलमा नेपाल फाष्ट बलरहरुले उत्कृष्ट प्रदर्शन गरे। पहिलो र दोस्रो इनिङ गरेर सोमपाल कामीले १० विकेट लिए भने करण केसीको नाममा ६ विकेट रह्यो। अर्का फाष्ट बलर अमृत भट्टराईले चार विकेट लिए। कम्बाइन एघारले पहिलो इनिङमा १ सय ६२ र दोस्रो इनिङमा ९४ रन मात्रै बनाउन सक्यो। सुभाव खकुरेलको अर्ध शतकको मद्दले १ सय ९४ रन बनाएका थियो। दोस्रो खेलको म्यान अफ द म्याच सोमपाल कामी घोषित भए।

प्रतियोगितलाई जनवरीमा हुने डिभिजन टुको अभ्यास खेलको रुपमा लिइएको छ। नेपाली फास्ट बलरले श्रीलंकामा गरेको प्रदर्शनले प्रतिस्पर्धामा फाइदा पुग्ने देखिन्छ। नामिबियाको मैदान पनि फास्ट बलरका लागि सहयोगी मानिन्छ।

श्रीलंकामा बुधबारबाट हङकङविरुद्ध नेपाललको पहिलो अन्तर्राष्ट्रिय टि ट्वान्टी श्रृखलामा शुरु हुदैछ। बुधबार, बिहीबार र शनिबार धम्बुलामा तीन वटै खेल हुने छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री