सामाजिक सञ्जालमा मर्यादित भाषा प्रयोग गर्न महासङघको आग्रह

FNJ HQ Logo

लण्डन । नेपाल पत्रकार महासंघ यूके शाखाले सामाजिक सञ्जालमा मर्यादित भाषा प्रयोग गर्न आग्रह गरेको छ ।

शाखाका उपाध्यक्ष धर्मराज अधिकारीले सामाजिक सञ्जालमा बेलायतस्थित व्यवसायी राजन कँडेलले आफूमाथि लगाएको आरोपका बारेमा सत्यतथ्य बुझिपाउँ भनी महासङघमा दिएको निवेदनबारे प्रारम्भिक प्रतिक्रिया दिने क्रममा महासङघले सो आग्रह गरेको हो ।

अधिकारीले उजुरीमा नोभेम्बर १६ गतेका दिन कंडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो चरित्र हत्या गर्ने प्रयास गरेको दावी गरेका छन् ।

उजुरीका बारेमा महासंघ यूके शाखाको ७ डिसेम्बर, आइतवार लण्डनमा हुने पूर्ण बैठकमा छलफल गरिने बताइएको छ ।
शाखाका महासचिव श्याम लुइँटेलले जारी गरेको विज्ञप्तिमा शाखाले यस घटनालाई गम्भीर रुपमा लिएको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ- सामाजिक संजालमा व्यक्तिगत चरित्र हत्या हुने खालका सामाग्री राख्नु निन्दनिय कार्य हो । त्यसैले सामाजिक सञ्जालमा कसैको व्यक्तिगत चरित्र हत्या हुने खालका सामाग्री नराख्न र सामाजिक संजालको गरिमालाई समेत ख्याल राख्दै मर्यादित भाषाको प्रयोग गर्न सम्बन्धित सबैमा नेपाल पत्रकार महासंघ यूके शाखा आग्रह गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री