वर्षाका कारण नेपाल र हङकङको पहिलो अन्तर्राष्ट्रिय टि ट्वान्टी रद्द

काठमाडौं। नेपाल र हङकङबीचको टि ट्वान्टी श्रृंखलाको पहिलो म्याच वर्षाको कारण रद्द भएको छ। श्रीलंकाको दम्बुलामा मुसलधारे पानी परेपछि खेल रद्द गरिएको हो।

दम्बुलास्थित रनगिरी क्रिकेट मैदानमा भएको वर्षा। तस्विर सौजन्य: क्रिकेटलोक डट कम

दम्बुलास्थित रनगिरी क्रिकेट मैदानमा भएको वर्षा। तस्विर सौजन्य: क्रिकेटलोक डट कम

स्थानीय समयअनुसार बिहान १० बजेबाट खेल शुरु हुनुपर्ने भएपनि निरन्तर वर्षाका कारण खेल दिउँसो १ बजे रद्द गरिएको घोषणा गरिएको थियो।

बंगलादेशमा भएको ट्वान्टी ट्वान्टी विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि दुवै देशले अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी खेल्ने मान्यता प्राप्त गरेपछि पहिलो तीन वटा टी ट्वान्टी र दुई वटा एक दिवसीय श्रृखला खेल्न लागेका हुन्। श्रृङखलाको दोस्रो म्याच बिहीबार र तेस्रो म्याच शनिबार सोही स्थानमा खेल्ने कार्यक्रम छ । तर विगत तीन दिनदेखि दम्बुलामा वर्षा हुँदै आएको छ।

खेलको स्थान परिवर्तनदेखि बुधबार भएको खेल शुक्रबार खेलाउने विषयमा छलफल भएपनि औपचारिक निर्णय हुन भने बाँकी रहेको क्रिकेटलोक डट कमले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री