बेचिएकी नेपाली किशोरीको फिल्म ‘सोल्ड’

काठमाडौं। नेपालका बालबालिकाको बेचबिखन कथामा बनेको हलिउड चलचित्र काठमाडौंमा प्रदर्शन शुरु भएको छ।sold-poster

प्रदर्शनको शुरुवातमा भाग लिन सो चलचित्रमा अभिनय गरेका भारतका प्रसिद्ध कलाकारहरु सीमा विश्वास र सुस्मिता मुखर्जी, ओकार विजेता निर्देशक जेफ्री डी ब्राउन र निर्माता जान चार्ल्सको उपस्थिति थियो।

विशेष प्रदर्शनमा सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाल, वाणिज्य तथा आपूर्तिमन्त्री सुनिल थापा र नेपालका लागि अमेरिकी राजदूत पिटर जे बोडेको समेत उपस्थिति थियो ।

नेपालबाट वार्षिक रुपमा १० देखि २० हजारसम्म बालबालिका तस्करी हुने गरेको अनुमान छ। यसरी बेचिनेमा अधिकांश बालिका र किशोरी हुने गरेका छन्। १२ देखि १८ वर्ष उमेरका उनीहरुलाई भारतीय वेश्यालयहरुमा बेचिने गरेको छ। पछिल्लो क्रममा खाडी क्षेत्रका देशहरुमा समेत शुरुवात भएको छ।

जिलियन एन्डरसनको अभिनय रहेको ‘सोल्ड’ भारतको कोलकाताको वेश्यालयमा बेचिएकी १३ वर्षीया लक्ष्मीको कथामा आधारित छ। प्याट्रिसिया म्याक्कोमिकको वेस्ट सेलिङ उपन्यास ‘सोल्ड’माथि ओस्कार विजेता निर्देशक जेफ्री डी ब्राउनले चलचित्र बनाएका हुन् । यो चलचित्रले रोजगारीको झुठो आश्वासनमा बेचविखनमा पुगेकाको अवस्था प्रकाश पारेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री