सेक्स् किन्छन् दशमा एक बेलायती पुरुष

तस्विरः दि इन्डिपेन्डेन्ट

तस्विरः दि इन्डिपेन्डेन्ट

लन्डन । दशमा एक जना बेलायती पुरुषले यौनसम्पर्कका लागि पैसा खर्चने एउटा नयां अध्ययनले देखाएको छ ।

२५ देखि ३४ वर्ष उमेर समूहका पेशवर जो मदिरापान र लागू औषध लिन्छन्, उनीहरु वेश्यालय जाने गरेको सेक्सुअल्ली ट्रान्समिटेड इन्फेक्सन्स् जर्नलमा प्रकाशित एउटा अध्ययनमा उल्लेख छ ।

दि इन्डिपेन्डेन्ट अखवारका अनुसार, ६ हजार एकसय आठ जना पुरुषमाथि गरिएको अध्ययनमा करिब एघार प्रतिशत पुरुषले 
आफ्नो जीवनको कुनै न कुनै कालखण्डमा किनेर यौनसम्वन्ध राखेका पाइएको छ भने पछिल्लो पांचवर्षयता चार प्रतिशतले पैसा खर्चेर सेक्सको आनन्द लिएका छन् । सेक्स् पार्टनर हुनेहरुमध्ये १६ प्रतिशतले पांचवर्षयता पैसा तिरेर कम्तीमा पांच पटक वा त्यो भन्दा बढी सेक्स गरेको अध्ययनमा 
छ । पांचवर्ष समयावधिमा सातामा एकपटक मात्ने गरि मदिरा सेवन गरेका ६ प्रतिशत र १२ महिना यता कडा लागू औषध लिएका १४ प्रतिशत पुरुषले सेक्समा पैसा खर्चेको अध्ययनले दर्शाएको छ । वेश्यालय चहार्ने ६० प्रतिशत भन्दा बढि पुरुषले बेलायत बाहिर युरोप वा एसिया जांदा समेत किनेर 
यौन सम्पर्क राख्ने गरेको अध्ययनमा छ ।

पैसामा यौन किन्ने १८ प्रतिशतले जीन्दगीमा अन्दाजी ३२ सेक्स् पार्टनरसंग सेक्स सम्वन्ध राखेका पाइएको छ ।

१७ देखि ७४ वर्ष उमेर समूहका पुरुषमा केन्द्रित रहेर गरिएको सर्वेक्षणले उक्त तथ्य प्रकाशमा ल्याएको हो । अध्ययनका सहभागीले कम्प्युटरबाट गरिएको स्वअन्तर्वार्तामार्फत उत्तर दिएका थिए । सन् २०१० देखि २०१२ सम्म यूसिएल, स्कुल अफ हाइजिन एण्ड ट्रोपिकल मेडिसिन र नेटसेन सोसियल रिसर्चका अनुसन्धानकर्ताहरुले गरेको नेशनल सर्भे अफ सेक्सुअल एटिट्यूडस् एण्ड लाइफ स्टाइल्स् मा नयां तथ्य आधारित छ । यूसिएल इन्फेक्सन् एण्ड पपुलेशन हेल्थका डा. क्याथ मर्सरले सेक्समा पैसा खर्चने पुरुषहरु यौन संक्रमणको जोखिममा रहेपनि उनीहरुको सम्पर्कले संक्रमण बढेको भन्ने चाहिं नभएको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री