मोदीको जनकपुर भ्रमण रद्द

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द भएको छ। भौतिक पूर्वाधार तथा योजना मन्त्री विमलेन्द्र निधिले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै मोदीको कार्यक्रम रद्द भएको बताएका छन्।

निधिले एकीकृत माओवादी र मधेशी दलको गैरजिम्मेवारपूर्ण गतिविधिको कारण भ्रमण रद्द भएको आरोप लगाएका छन्।narendra_modi

मोदीले अभिनन्दन गर्ने कार्यक्रम कहाँ राख्ने र भाषण गर्ने वा नगर्ने भन्ने विषयमा राजनीतिक दलहरुबीच विवाद देखिएको थियो। सरकारले जानकी मन्दिरको प्राङ्गणमा मोदीको नागरिक अभिनन्दन कार्यक्रम राखेको थियो ।

तर एकीकृत माओवादी र मधेशी मोर्चासहितका २२ दलले भने मोदीले बाह्र बिधाबाट सबैलाई सम्बोधन गर्न पाउनु पर्ने गरी कार्यक्रम राख्नु पर्ने माग गर्दै थिए। मंसिर १० र ११ हुने हुने सार्क सम्मेलनमा सहभागी हुने क्रममा सडकमार्ग हुँदै जनकपुर आउने गरी मोदीको कार्यक्रम तय भएको थियो। Nidhi

प्रतिक्रिया

सम्बन्धित सामाग्री