नेपाल साफ विमेन्स च्याम्पियनशीपको उप विजेता, तेस्रो पटक भारतसँग पराजित

काठमाडौं। नेपाल साफ महिला च्याम्पियनशीपमा तेस्रो पटक पनि उप विजेतामा चित्त बुझाएको छ। पाकिस्तानको इस्लामावादस्थित जिन्ना रंगशालामा शुक्रबार भएको फाइनलमा भारतले नेपाललाई ६-० ले पराजित गरेको छ।

अभ्यासमा रहेको नेपाली महिला फुटबलको राष्ट्रिय टोलीको फाइल तस्विर । सौजन्य: गोल नेपाल डट कम

अभ्यासमा रहेको नेपाली महिला फुटबलको राष्ट्रिय टोलीको फाइल तस्विर । सौजन्य: गोल नेपाल डट कम

यसअघि भएको दुवै पटकको फाइनलमा पनि भारतसँगै नेपाल पराजित भएको थियो। सन् २०१० मा भएको पहिलो साफमा १–० र सन् २०१२ मा ३–१ ले नेपाललाई पराजित गर्दै भारतले उपाधि जितेको थियो। फाइनल खेलमा भारतले २६ औ मिनेटमा गोल गरेपछि नेपाल निकै दवावमा परेको थियो। भारतकी बाला देवीले ४ गोल गरेकी थिइन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री