बिहीबार दुर्घटनाग्रस्त बसका ५० यात्रुको अत्तोपत्तो छैन्

काठमाडौं। जाजरकोटबाट सुर्खेत जाँदै गर्दा बिहीबार बिहान भेरी नदीमा खसेको बसमा हराइरहेका यात्रीको संख्या ५० नाघेको छ। दुर्घटना भएको क्षेत्रमा वेपत्ता भएकाहरुको परिवारका सदस्य तथा आफन्तको भीड लागेको छ।Bhoor

दुर्घटनाको दोस्रो दिन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, गोताखोर र स्थानीय बासिन्दा उद्दार कार्यमा खटिएका छन्। गोताखोरहरुले बस भेरी नदीको २५ मिटर गहिराईमा भेटेको सेनाले जनाएको छ। दुर्घटनाग्रस्त बसभित्र हराइ रहेका सबै छन् वा नदीले बगायो भन्ने यकिन छैन। दुर्घटनाग्रस्त क्षेत्रमा मानिसको ठूलो भीड लागेको छ।

बस दुर्घटना हुनेवित्तिकै १० जना पौडिएर बाँचेका थिए भने ४ जनाको शव फेला परेको थियो। जाजरकोटको भूर गाबिसमा बस ५० मिटर तल नदीमा खसेको थियो। भेरी यातायात व्यवसायी संघको ना ३ ख १४०८ नम्बरको सो बस विपरित दिशाबाट आएको ट्रयाक्टरलाई बाटो छाड्न खोज्दा दुर्घटना भएको थियो। बस जाजरकोटबाट सुर्खेतको रकम जाँदै थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री