नौ सय बीस पत्रकारलाई विशेष पास

काठमाडौं।सूचना विभागले दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठनको १८औं शिखर सम्मेलनको समाचार संकलन गर्नको लागि स्वदेशी र विदेशी गरी ९ सय २० जनालाई विशेष पास उपलब्ध गराएको छ । सार्क समाचार संकलनको लागि विशेष पास लिनेमा तीन सय २५ जना विदेशी पत्रकार छन् ।

फोटो जर्नालिस्ट क्लबका अध्यक्ष विकास कार्की शनिबार भएको विरोध प्रदर्शनमा।

फोटो जर्नालिस्ट क्लबका अध्यक्ष विकास कार्की शनिबार भएको विरोध प्रदर्शनमा।

विभागका अनुसार विशेष पास लिने विदेशी पत्रकारमा सबैभन्दा बढि भारतका छन् । भारतबाट एक सय ४९ जना पत्रकारले विशेष पास लिएका छन् । यस्तै बंगलादेशबाट एक सय २३ जना पत्रकार सार्क सम्मेलनको समाचार संकलन गर्न नेपाल आउने भएका छन् । विभागले ९ सय २० जना पत्रकारलाई पास बांडेपनि  रयाडिसन होटलमा पत्रकारको लागि मिडिया सेन्टर स्थापना गरिएको छ ।

यसैबीच निजी सञ्चार माध्यमहरुलाई कार्यक्रम स्थलमा प्रवेश गर्न नदिएको विरोध गर्दै फोटोपत्रकारहरुले विरोध गरेका छन्। सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाललाई भेटेर सरकारले उचित व्यवस्थापन नगरे सार्कनै बहिस्कार गर्ने चेतावनी उनीहरुको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री