बेलायतका साहित्यकारहरुले छाने नयां नेता

तस्विरः एभरेष्ट गौतम

तस्विरः एभरेष्ट गौतम

लन्डन । बेलायतस्थित नेपाली साहित्यकारहरुको जेठो संस्था नेपाली साहित्य विकास परिषद यूकेको आइतबार सम्पन्न १९ औं वार्षिक साधारणसभाले सुरेशजंग शाहको अध्यक्षतामा २५ सदस्यीय नयां कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

शाह परिषदका संस्थापक हुन् । दुई वर्षका लागि निर्वाचित ९ औं कार्यसमितिको वरिष्ठ सहअध्यक्षमा कोमलप्रसाद मल्ल, सहअध्यक्षहरुमा ध्रुब केसी र गोपाल पौड्याल छन् भने उपाध्यक्षहरुमा वीरेन्द्र कुंवर, गोकुल भण्डारी, रेशम अर्याल, वाचस्पति रेग्मी र दुर्गा पोखरेल चुनिए । एबीआइ कलेजमा सम्पन्न साधारणसभाले महासचिवमा डा. सुधा श्रेष्ठ र कोषाध्यक्षमा दौलतकुमार राईलाई छानेको छ । त्यसैगरि कार्यकारिणी सदस्यहरुमा हरि केसी, मोतीराज भण्डारी, डा. मिन रानाभाट, प्रकाशविक्रम सिंह, मनोज अञ्जान, एभरेष्ट गौतम, रिता गौतम, कृष्णजंग शाह, जगन्नाथ अधिकारी, नवराज घिमिरे र केशव पुडासैनी छन् । मनोनिततर्फ रमेश लामा र अभिमन्यु वैराग छानिए ।
साधारणसभाले ७ जना सल्लाहकारहरु समेत चयन गरेको छ, जसमा डा. राघवप्रसाद धिताल (ओविइ), हरिसिंह थापा, खगेन्द्र नेपाली, महन्त श्रेष्ठ, मदन थापा, घनबहादुर थापामगर र सोलिसिटर राजु थापा छन् । यसैगरि, दशवटा साहित्यिक विभाग गठन गरि सहअध्यक्ष र उपाध्यक्षहरुलाई प्रमुख तोकिएको छ । साधारणसभाले वरिष्ठ कार्यालय सचिवमा कृष्ण भट्ट र मिडिया कोअर्डिनेटरमा नवीन पोखरेललाई छानिएको परिषदले जनाएको छ ।

गत १४ नोभेम्बरबाट थालिएको निर्वाचन प्रक्रियामा कसैको पनि उम्मेदवारी नपरेपछि निर्वाचन समितिका प्रमुख कृष्ण भट्टले सर्वसम्मत कार्यसमितिको नामावली घोषणा गरेका थिए ।

10423863_843668138986874_4452639278420191936_n
साधारणसभामा महासचिव डा. सुधा श्रेष्ठले परिषदको प्रगति विवरण र गोपाल पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । सभामा प्रमुख अतिथी तथा परिषदका संरक्षक कार्यवहाक नेपाली राजदूत तेजबहादुर क्षेत्री, यती नेपाली एसोसिएसन यूकेका अध्यक्ष उमेश मोक्तान, एनआरएनए यूके अध्यक्ष महेन्द्र कंडेल र महासचिव राजकुमार त्रिपाठी, नेपाली महिला संघ यूकेकी अध्यक्ष आरती श्रेष्ठले शुभकामना मन्तव्य दिएका थिए ।

उक्त अवसरमा कार्यकाल सकेका निवर्तमान अध्यक्ष खगेन्द्र नेपालीले अध्यक्षको मेडेलियन नवनिर्वाचित अध्यक्ष सुरेशजंग शाहलाई हस्तान्तरण गरे । अध्यक्ष शाहले नयां जिम्मेवारी वहन गर्न साथ दिने सबैप्रति आभार व्यक्त गर्दै भावी कार्यक्रमको रुपरेखा प्रस्तुत गरेका थिए ।
यसअघि परिषदका वरिष्ठ सहअध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लले स्वागत मन्तव्य र कृष्ण भट्टले निर्वाचनबारे बोलेका थिए ।
कार्यक्रममा परिषदका सल्लाहकार घनबहादुर थापामगरले दिवा भोज तथा एबीआइ कलेजका निर्देशक कृष्ण भट्टले हल प्रायोजन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री