खेल हारेपछि जुमानु राईले दर्शक कुटे

काठमाडौं। मोरङको पथरीमा सञ्चालन भइरहेको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको टोली पराजित भएपछि नेपाल प्रहरीका कप्तान जुमानु राईले दर्शक कुटेर आक्रोश शान्त पारेका छन्। झापा–११ सँगै एक शुन्यले पराजित भएपछि नेपाल पुलिस प्रतियोगिताबाट बाहिरिएको छ। राई नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर हुन्। Jumanu

झापासँग हार बेहोरेपछि पुलिस टिम प्लेयर बक्समा लुगा फेर्ने क्रममा थियो। राईले प्लेयर बक्स नजिक आएका पथरी १ का किशोर पराजुलीमाथि कुटपिट गरेको नागरिक दैनिकले जनाएको छ । जुमानुले पराजुलीलाई तीन मुक्का र एक लात हाने । अरुले रोक्दै गर्दा उनले पानीको बोतलसमेत प्रहार गरेका थिए।

खेल सकिएपछि प्लेयर बक्स नजिक गएका पराजुलीले जुमानुलाई हेर्दै भनेका थिए, ‘टिभीमा हेरेको जुमानु राई र लाइभ हेरेको मिलेन। आजको खेलमा जुमानुले राम्रो खेल खेलेन।’ खेलमा पनि फाउल नदिएको भन्दै जुमानु रेफ्रीसँग रिसाएका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री