दिव्या र अल्बाट्रोस लन्डन आउंदै

Dibya conference

पत्रकार सम्मेलनमा बायांबाट क्रमशः पत्रकार रञ्जित बस्नेत, एलबीजेड गुरुङ, मेख गुरुङ र सुरज सिंह ।

लन्डन । युवाहरुमाझ चर्चित गायक दिव्या सुव्वा र रक व्याण्ड अल्बाट्रोस पहिलोपटक लन्डन आउने भएका छन् । इलाइट इभेन्टले आगामी २० डिसेम्बर 
सांझ लन्डनस्थित ट्रोक्सीमा गर्न लागेको लाइभ कन्सर्टमा सहभागी हुन उनीहरु लन्डन आउने तयारी अन्तिममा छ ।

धेरै समयदेखि बेलायत आउने उनीहरुको प्रयास असफल भएर टिकट समेत फिर्ता गर्नुपरेको तीतो यथार्थबीच यसपटक भिसा लागेपछि बेलायतस्थित तिनका युवा फ्यान र आयोजक दुवै उत्साहित छन् ।

विहीबार आयोजित एउटा पत्रकार सम्मेलनमा आयोजकमध्ये एक एलबीजेड गुरुङले दिव्या आगामी १३ र अल्बाट्रोस व्याण्ड सदस्यहरु १६ डिसेम्बरमा लन्डन उत्रने जनाए । उनले क्रिशमसको पूर्व सन्ध्यामा बेलायतको व्यस्तताबीच टाढिएका साथीभाई अनि आफन्तजनसंग मेलमिलाप र युवाहरुलाई गुणस्तरिय कार्यक्रम दिन कन्सर्ट गरिएको प्रष्ट्याए । अर्का आयोजक मेख गुरुङका भनाइमा नेपाली गीतसंगीतको प्रवद्र्धन कार्यक्रम गर्नुको अर्को उद्देश्य पनि हो ।

युवा समूहमा केन्द्रित प्राय कार्यक्रम झैंझगडामा परिणत हुने विगतलाई मध्यनगर गर्दै यसपटक सुरक्षा व्यवस्था कडा बनाइएको जनाउंदै मेखले तीनहजार क्षमताको उक्त हलमा केवल २७ सय दर्शकमात्र प्रवेश गराउने योजना सुनाए ।

मध्यरातसम्म लाइभ कन्सर्ट भएपछि डिजे सिभा र डिजे विकीको संगीतमा रातभर डान्स पार्टी गर्ने तयारी आयोजकको छ । आयोजकले डिसेम्बर १८ देखि २२ सम्म जन्मदिन पर्ने सबैलाई निशुल्क प्रवेश व्यवस्था समेत मिलाएका छन् । कार्यक्रमको टिकट २५, ३० र ३५ तोकिएको छ । बढ्दो मागसंगै पहिलो चरणको टिकट सकिएर अर्को छपाइ प्रक्रियामा रहेको एलबीजेडले जनाए ।

सरला थापा र मिरुना मगरले सञ्चालन गर्ने उक्त कार्यक्रममा स्थानीय व्याण्ड 
‘हामी’ ले पनि साथ दिने सुरज सिंहले जनाए ।

इलाइट इभेन्ट्का तर्फबाट एलबीजेड गुरुङ, मेख गुरुङ, म्याक्सी गुरुङ, विजय गुरुङ, सुरज सिंह र सञ्जय पुनले कार्यक्रम गर्न लागेका हुन् । आयोजकहरु यस क्षेत्रमा अनुभवी भएकाले कार्यक्रम रोमाञ्चक र स्तरिय हुने धेरैको विश्वास छ । उक्त कार्यक्रमलाई रेडियो राइनोले प्रत्यक्ष लाइभ गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री