नेविसंघ बेलायतमा भण्डारी नै आधिकारिक

केन्द्रबाट जारी विज्ञप्ति

केन्द्रबाट जारी विज्ञप्ति

लन्डन । आधिकारिकता सम्वन्धि विवाद चुलिरहंदा नेपाल विद्यार्थी संघ, बेलायतमा उमेश भण्डारी नै आधिकारिक अध्यक्ष रहेको जानकारी केन्द्रले दिएको छ । नेपाल विद्यार्थी संघका मुख्य सचिव शिव रिमालले १२ मंसिरमा एक विज्ञप्ति जारी गर्दै नेविसंघ बेलायतबारे विभिन्न प्रचारात्मक कुरा आएपनि भण्डारी आधिकारिक अध्यक्ष रहेको प्रष्ट पारेका हुन् ।

रिमालको विज्ञप्तिमा भण्डारीलाई संगठनको मुल्य, मान्यता र आदर्शलाई ध्यानमा राखी संगठन विस्तार गर्दै अघि बढ्न निर्देशन छ । भण्डारी संस्थापन पक्ष निकट मानिन्छन् ।

यसअघि भण्डारी नेपाल गएका बेला नेविसंघ, बेलायतका संस्थापक सभापति कुशल घिमिरेको विशेष पहल भन्दै लन्डनमा एउटा जमघट गरि संघमा एकता भएको भ्रम फैलाइएको थियो । उक्त भेलाले विनोद सुवेदीको सभापतित्वमा २९ सदस्यीय कार्यसमिति चयन गरिएको प्रचारप्रसार गरिए पनि नेपाल विद्यार्थी संघ, केन्द्रले उमेश भण्डारीलाई अध्यक्ष मानेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री