मगर महिला संघ प्लमस्टिड शाखामा देवीमाया

magar mahila
लण्डन । नेपाल मगर महिला संघ प्लमस्टिड शाखाको अध्यक्षमा देवीमाया पुन चुनिएकी छिन् ।
शाखाको आज सम्पन्न अधिवेसनले उपाध्यक्षमा देउरुपी थापा, सचिवमा सरिता थापा, सहसचिवमा इन्दिरा पुन, कोषाध्यक्षमा चन्द्रकला थापा र सहकोषाध्यक्षमा विष्णुमाया थापालाई निर्वाचित गरेको छ ।
सदस्यहरुमा साहिरादेवी थापा, प्रेमकुमारी थापा, बेलकुमारी थापा, दिलुकुमारी राना, गंगा थापा, शारदा थापा, धना थापा, हीरा राना, रिमकला थापा, मीनाकुमारी थापा, बेलीमाया थापा, दुर्गादेवी थापा, दिलमाया पुन, सरस्वती आले, भवानी थापामगर र सास्कृति विभागमा मीना पुन निर्वाचित भएका छन् ।
अधिवेसन सम्पन्न गर्नका लागि नेपाल आदिवासी जनजाति महिला महासंघ बेलायतकी अध्यक्ष कमला थापामगर, नेपाल मगर महिला संघ, बेलायतकी अध्यक्ष हिमाली राना, मगर संघ युके प्लमस्टिड शाखाका अध्यक्ष बिसन थापा र मगर संघ युके, प्लमस्टिड शाखाकी पूर्व उपाध्यक्ष देवी आलेमगर रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री