बेलायतका जनजातिद्वारा पद्मरत्न नेतृत्वको आन्दोलनलाई १८ लाख सहयोग

Nefin UK
लण्डन । नेपाल आदिवासी जनजाति महासंघ, बेलायतको पहलमा बेलायतमा रहेका आदिवासी जनजातिहरुले पद्मरत्न तुलाधरको संयोजकत्वमा गठित आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपाललाई १८ लाख रुपियाँ सहयोग गर्ने भएका छन् ।
महासंघको आज लण्डनमा अध्यक्ष श्रीप्रसाद लिम्बुको अध्यक्षतामा सम्पन्न बैठकले सो निर्णय गरेको महासचिव नरेश काङमाङ राईले जानकारी दिए ।
महासचिव राईका अनुसार बैठकमा महासंघमा आवद्ध ११ वटा जातीय संस्थाहरुले १/१ हजार पाउण्डका दरले सहयोग गर्ने सर्वसम्मतिले निर्णय भएको छ भने किरात राई यायोख्याले २ हजार पाउण्ड सहयोग गर्ने वचन दिएको छ ।
महासंघमा मगर, गुरुङ, राई, लिम्बु, तामाङ, दुरा, छन्त्याल, शेर्पा, हृयोल्मो, सुनुवार र याख्या जातिका संस्था आवद्ध छन् ।
यस्तै, बैठकले बेलायतमा रहेका संघीयतावादीहरुको मोर्चा पनि गठन गरेको छ ।
राष्ट्रिय जनमुक्ति पार्टी आवद्ध हिमालयन अर्गनाइजेसनका पदम गाहालाई मोर्चाको संयोजक तोकिएको छ । मोर्चामा एनेकपा माओवादी सम्वद्ध प्रगतिशील नेपाल नेपाली समाज, नेकपा-माओवादी सम्वद्ध प्रगतिशील नेपाली समाज, संघीय समाजवादी पार्टी आवद्ध संघीय समाज र संघीय लिम्बुवान पार्टी आवद्ध संघीय लिम्बुवान एकता समाज रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री