डिभिजन टु अघि नेपाली क्रिकेट टोली अभ्यासका लागि दक्षिण अफ्रिका जाने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले जनवरीमा हुने डिभिजन टु क्रिकेट अघि अभ्यास खेल्न खेलाडीलाई दक्षिण अफ्रिका पठाउने भएको छ। खेलाडीले १० दिन दक्षिण अफ्रिकामा रहेर अभ्यास खेल खेल्ने छन् ।

जनवरी १७ देखि २५ सम्म दक्षिण अफ्रिकाको छिमेकी देश नामिवियामा डिभिजन टु प्रतियोगिता चल्ने छ । Cricket-Team-Nepal1दक्षिण अफ्रिका जस्तै मौसम र तीव्र गतिको बलरका लागि सहयोगी हुने पिच नामिवियामा छ।

प्रतियोगितामा केन्या, नामिविया, नेदरल्यान्ड, क्यानडा, नेपाल र युगान्डाको सहभागिता हुनेछ । राउन्ड रोबिनपछि उपाधिका लागि प्ले अफ खेल हुनेछ ।

क्यानले प्रतियोगितामा नेपाली टोलीको व्यवस्थापनका लागि दिवाकर घले, पूर्व कप्तान विनोद दासलाई सहायक कोच, रमण सिवाकोटीलाई प्राविधिक सहयोगी र दिनेश भट्टलाई फिजियोथेरापिष्ट नियुक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री