‘विचार’ले पूरा गरिदियो वीरेन्द्रको सपना

birendra stha
काठमाडौं । पाँचथर, सारङडांडा-खान्द्रोङमा पिता दिलबहादुर र माता खड्कमाया श्रेष्ठको कोखबाट जन्मिएका वीरेन्द्र श्रेष्ठलाई गीतसंगीतप्रतिको मोह सानैदेखि थियो ।
रेडियोमा गीत बज्दा रेडियोसाग गाउने प्रयत्न गर्थे उनी । उमेरसागै उनको संगीतमोह बढ्दै गयो । जब उनलाई रेडियोमा बजेको गीत आफ्नो स्वरसँग ठ्याक्कै मिलेको महसुस हुन थाल्यो, त्यहीबेला उनले गायक बन्ने सपना देख्न थाले ।
सपना धेरैले देख्छन् तर धेरैका सपना केवल सपनामा सीमित हुन्छन् । तर वीरेन्द्रले सपनालाई सपनामात्र हुन दिएनन्, किनकि उनले त्यो सपना मनले देखेका थिए र निदाएको बेला देखिएको सपना थिएन उनकोे । सपना अनुरुप उनले गाउाघर र स्कुलमा गायन क्षमता प्रस्तुत गर्न थाले । क्याम्पसका कार्यक्रममा गाउन थाले ।
दमक बहुमुखी क्याम्पसबाट डिप्लोमा सकेर काठमाडौं छिरे । अनुराग संगीत विद्यालयमा गुरुद्वय राम सिटौला र अर्जुन पोखरेलसँग लामो समय संगीत सिके । स्नातकोत्तर पढाइ चलिरहेको अवस्थामा, कतारबाट आएको एकाउन्टेन्टको राम्रो प्रस्तावलाई स्वीकार गर्दै, आर्थिक स्तर उकास्न अनि आफ्नो सांगीतिक सपनालाई आर्थिक रुपले टेवा दिन लागे उनी खाडीमुलुक कतारतिर सन् २०१० मा ।
हाल झापा सतासीधाम-१, डुँडामारीचोकमा स्थायी बसोबास रहेका वीरेन्द्र करिब ४ वर्षदेखि कतारमा छन् । यो बसाइलाई उनले वैदेशिक रोजगारीमा मात्रै सीमित राखेनन्, बरु आफ्नो बाल्यकालदेखि देखेको सपनालाई साकार पार्ने बाटोतर्फ पनि निरन्तर साधनारत् रहे । उनको एउटै सपना थियो नेपाली सांगीतिक आकाशमा चम्किलो तारा बनेर उदाउने । नेपाली सांगीतिक क्षेत्रमा एउटा बाटो कोर्ने अनि पृथक पहिचानसहित गायक बन्ने ।
उनको सपना पूरा गर्न साथ दियो नेपाली कला केन्द्र कतारले । नेपाली कला केन्द्र कतारमा चार वर्षदेखि निरन्तर संगीत सिक्दै आएका श्रेष्ठले कतारमै तमु समाज कतारको आयोजनामा एनआरएनए कतारको सहकार्यमा आयोजित गैरआवासीय नेपाली तारा रियालिटी सो २०१३ को विजेता बन्न सफल भए । कतारमा उनले गुरुहरु गौरभ दर्पण, विष्णु भट्टराई र बबिन राईबाट थप ज्ञान हासिल गर्न पाए । त्यतिञ्जेलमा उनको स्वरले निखारपन पाइसकेको थियो । श्रेष्ठले कतारका विभिन्न स्थानीय कार्यक्रममा सहभागी भएर गायनलाई तिखारिरहे ।
एनआरएन नेपाली तारा-२०१३ जितेपछि त उनलाई कार्यक्रममा बोलाउनेको लर्को लाग्न थाल्यो । अरु गायकका गीत गाउादै हिँड्दा साथीहरुले उनलाई आफ्नै स्वरमा गीति एल्बम निकाल्न सुझाए । त्यही सुझावलाई मध्यनजर गर्दै उनले ‘विचार’ एल्बम ल्याए ।
वीरेन्द्रको यो पहिलो एकल गीति एल्बमलाई असोज २९ गते गायक प्रेमध्वज प्रधान, संगीतकार राजु सिंह, सन्तोष श्रेष्ठ र गौरव दर्पण, गीतकार भावेष भुँवरी, आनन्द श्रेष्ठ र सान्निध्य, म्युजिक भिडियो निर्देशक समन अधिकारी, हाइलाइट्स नेपालका अध्यक्ष यमन कायस्थ र गायक स्वयंले संयुक्त रुपमा लोकार्पण गरे ।
६ वटा गीत रहेको एल्बममा आनन्द श्रेष्ठ, सान्निध्य, गौरभ दर्पण, भावना पाठक र चर्चित ढुंगेलले शब्दरचना गरेका छन् । वसन्त सापकोटा, अर्जुन पोखरेल र गौरभ दर्पणले सुमधुर संगीत दिएका छन् ।
अहिले उनी कतारमै रहेका वीरेन्द्रको पैसा कमाउनु बहाना मात्र हो, विपनाको बाध्यता । ‘वीरेन्द्रको सपना पूरा भयो त ?,’ उत्तरमा उनी भन्छन्, ‘सपनाको गोरेटो त कोरियो, गन्तव्य लामो छ, तर यात्रा जारी छ ।’
cover of bichar

प्रतिक्रिया

सम्बन्धित सामाग्री