डिभिजन टु क्रिकेटका लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौं। नेपाल क्रिकेट संघ क्यानले जनवरीमा नामिवियामा हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन टू का लागि प्रारम्भिक नेपाली टोलीको घोषणा गरेको छ । क्यानले १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। Cricket-Team-Nepal1

टोलीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, सागर पुन, आरिफ शेख, शक्ति गौचन, महबुब आलम, करन केसी, विनोद भण्डारी, शरद भेषवाकर छन्। त्यसैगरी अमृत भट्टराई, बसन्त रेग्मी, सुवास खकुरेल, राजेश पुलामी मगर, रामनरेश गिरी, सोमपाल कामी, नरेश बुढाऐर, राहुल विश्वकर्मा र भुवन कार्की रहेका छन्। प्रतियोगिता १५ डिसेम्बर २०१५ बाट सुरु हुनेछ। चोटका कारण जितेन्द्र मुखिया र पृथु बास्कोटा डिसेम्बर १५ बाट शुरु हुने बन्द प्रशिक्षणमा पर्न सकेनन्।

प्रतियोगितामा केन्या, नामिविया, नेदरल्यान्ड, क्यानडा, नेपाल र युगान्डाको सहभागिता हुनेछ । क्यानले प्रतियोगितामा नेपाली टोलीको व्यवस्थापनका लागि दिवाकर घले, पूर्व कप्तान विनोद दासलाई सहायक कोच, रमण सिवाकोटीलाई प्राविधिक सहयोगी र दिनेश भट्टलाई फिजियोथेरापिष्ट नियुक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री