सुर्खेतमा बस दुर्घटना, १७ जनाको मृत्यु (अपडेट)

काठमाडौं। कालिकोटबाट कैलालीको टिकापुर जाँदै गरेको बस कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत पोखरीकाँडा गाविसको कालेखोलामा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। जितेगाडा बजारबाट छुटेको मध्यपश्चिम यातायात समितिको ना४ख ६८५७ नम्बरको बस साँझ करिब सात बजे सडकदेखि भीरमा खसेको थियो। दुर्घटनामा परि ५० जनाभन्दा बढी घाइते भएका छन्। उनीहरुको उपचार सुर्खेतको विरेन्द्रनगर र केहीको नेपालगञ्जमा हुँदै छ।Surkhet

स्थानीय अधिकारीहरुले रातभर उद्दार कार्य चलेको बताएका छन्। घटनास्थलमा रहेका प्रहरीले दिएको जानकारीअनुसार करिब ५० जना घाइते छन्।  बसमा धेरै जसो यात्रु कालिकोट र बाजुराको रहेको र उनीहरु मजदुरीको लागि भारत जादै गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जितेगडामा लिएको बसको चलानीमा ३६ जनाको मात्र नाम रहे पनि बीच बाटोमा चढेका समेत गरेर ६६ जना यात्रु रहेको बताइएको छ ।

यसै महिनाको शुरुमा सुर्खेत जिल्लामै भएको बस दुर्घटनामा ५० भन्दा बढीको मृत्यु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री