युकेमा कवि बिक्रम सुब्बाको एकल कविता वाचन

Bikram_Subba2

लण्डन । कवि विक्रम सुब्बाको एकल कविता वाचन युकेको पिटरबरोमा सम्पन्न भएको छ ।
विश्व नेपाली साहित्य महासङ्घ युकेको आयोजनामा सम्पन्न एकल कविता वाचन समारोहमा कवि सुब्बाले झण्डै २ दर्जन कविता वाचन गरी दर्शकहरुलाई मन्त्रमुग्ध बनाए । वहाको कवित्वले आफूलाई प्रभावित बनाएको पत्रकार वि.के. पाण्डेले बताए ।
कवि सुब्बाको कविता वाचनपछि युकेमा रहेका स्रष्टाहरुले पनि आ-आफ्नो सिर्जना वाचन गरेका थिए ।
साहित्य महासङ्घ विश्व केन्द्रीय अध्यक्ष विश्वास दीप तिगेलाको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा युके शाखाका अध्यक्ष समिप हाङबाङ जर्जर, उपाध्यक्ष भरत पाण्डे लगायत आधा दर्जन स्रष्टाहरुले आआफ्नो कविता सुनाएर कवि सुब्बालाई सम्मान गरेका थिए ।

कविता वाचनको भिडियो हेर्नुहोस

प्रतिक्रिया

सम्बन्धित सामाग्री