मकवानपुर सुमो दुर्घटनामा ६ को मृत्यु

काठमाडौं। मकवानपुरको सिस्नेरीमा यात्रुबाहक टाटा सुमो सोमवार दिउसो दुघर्टना हुँदा चालकसहित ६ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परि ५ जना घाइते भएका छन्। मध्यमाञ्चल यातायातद्वारा संचालित टाटा सुमो ११ जना यात्रु बोकेर काठमाडौंबाट हेटौंडातर्फ जाँदै थियो। Sisneri

सो दुर्घटना घटनास्थलमा ५ जना र एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

ओरालो झर्ने क्रममा यात्रुबाहक टाटा सुमो झण्डै पाँच सय फिट तल खस्दा घटनास्थलमा तीन महिलासहित दुई पुरुषको मृत्यु भएको थियो। अर्का एक जना यात्रुको राजधानीको मनमोहन सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा सुमो चालक समेत छन्। मृतकहरुको शव पोष्टमार्टमका लागि हेटौडा अस्पतालमा राखिएको छ ।

आइतबार मात्रै सुर्खेतमा भएको यात्रुबहाक बस दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने ४५ जना घाइते भएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री