लन्डन । आगामी आइतबार डिसेम्बर १४ मा हुन गइरहेको ६४ औं मिस वोर्ल्ड २०१४ अन्तर्गत पिपुल्स् च्वाइस्मा बुधवारसम्म मिस नेपाल सुविन लिम्बु पांचौं स्थानमा पुगेकी छिन् ।
अनलाइन भोटिङमार्फत सुविन पांचौं स्थानमा आइपुगेकी हुन् । अब चार दिनमात्र बांकी रहेकाले सुविनले अनलाइन मार्फत आफूलाई मत दिन विश्वभर छरिएर रहेका नेपालीहरुमा अपिल गरेकी छिन् ।
तलको लिंकमार्फत एप्स् डाउनलोड गरि सुविनलाई मत दिन सकिने छ ।
http://www.missworld.com/TheCompetition/TheMissWorldMobileApp/
मिस वोर्ल्ड आयोजकका अनुसार, पहिलोमा अष्ट्रेलिया, दोश्रो बारबाडोस्, तेश्रो हाइटी, चौंथो इण्डिया र पांचौंमा नेपालकी सुविन छन् । त्यसैगरि, नेदरल्याण्डस्, फिलिपिन्स्, रसिया, साउथ अफ्रिका र थाइल्याण्ड क्रमशः टप टेनभित्र परेका छन् ।
१२० सुन्दरीहरुबीच मिस वोर्ल्डको फिनाले लन्डनस्थित एक्सेलमा हुंदैछ ।
गत ७ डिसेम्बर राती मिस वोर्ल्ड आयोजकले दिएको सरप्राइज वर्थ डे सेलेब्रेसनसंगै सुविन २४ औं वर्षमा टेकेकी छिन् । मिस नेपाल भएपछिको उनको पहिलो जन्मदिन, त्यो पनि विश्वका विभिन्न सुन्दरीहरुबीच भएको कार्यक्रमले उनी दंग छिन् । ‘वहु संस्कृति र विविधता बोकेको विश्वका एकसय २० देशका प्रतिष्पर्धीहरुसंगको उठवसले धेरै सिक्ने मौका पाएकी छु’, सुविन भन्छिन्, ‘मिस वोर्ल्डको फाइनल नजिकिंदै गर्दा चुनौतीसंगै आत्मविश्वास पनि बढिरहेको छ ।’ ढाका पहिरनमा देखिने तयारीमा रहेकी उनले नेपालको नाम राख्न आफू प्रयत्नशील भइरहेको जनाएकी छिन् ।
सबै तस्विरहरु सुविनको फेसबुक पेजबाट
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण