मगर संघ केन्टमा उत्तर मगर

Kent magar

लण्डन । मगर स‌ङ्घ युके केन्ट शाखाको अध्यक्षमा उत्तर मगर निर्वाचित भएका छन् ।

शाखाको अाज सम्पन्न अधिवेसनले मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । उनी यसअघि सोही शाखामा उपाध्यक्ष रहेका थिए । शाखाको उपाध्यक्षमा विजय हितान मगर, महासचिवमा लाल थापा, सचिवमा होम रोका र कोषाध्यक्षमा नुनबहादुर आलेमगर निर्वाचित भएका छन् ।

सदस्यहरुमा साँस्कृतिक सेक्रेटरी अोम थापा, सहायक सेक्रेटरीमा अोमकुमारी पुन, मिडिया सेक्रेटरीमा दिल थापा लगायत रहेका छन् ।

शाखाका अध्यक्ष क्याप्टेन पदमलाल आलेको अध्यक्षतामा सम्पन्न पाँचाैं अधिवेसनमा नयाँ कमिटी चयनका लागि क्याप्टेन कमल राना, क्याप्टेन नानीबाबु मगर र भरत थापा रहेको निर्वाचन समिति बनाइएको थियो ।

अधिवेसनले शाखाका सल्लाहकारहरुमा पदमलाल आले, चित्रबहादुर राना, कमल राना, राम पुन, घन थापा, टीका राना, हिक्मत रोका लगायतलाई सल्लाहकारमा चयन गरेको छ ।

महासचिव काशीराम थापामगरले कार्यक्रम सन्चालन गरेका थिए ।

तस्वीरहरु हिक्मतसिंह रोकाबाट

नयाँ समिति सपथ ग्रहण गर्दै

नयाँ समिति सपथ ग्रहण गर्दै

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री