लन्डनस्थित नेपाली दूतावास एमआरपी फाराम संकलन गर्न साउथ इष्टमा

10632866_10154904421270494_2599009557889795564_n

नेपाली दूतावास लण्डनले साउथ इष्ट लण्डनको उलवीचमा एमआरपी पासपोर्टको लागि आवेदन फाराम संकलन गरेको छ ।  नेपाल फोरम ग्रीनवीचको आयोजना र कपिलवस्तु समाजको सहकार्यमा उलवीचको लोटस हलमा फारम संकलन भएको हो । करिव तीन सय एमआरपी आवेदन फाराम संकलन गरिएको जानकारी नेपाल फोरम ग्रीनवीचका अध्यक्ष राम अधिकारीले दिए । चार्ल्टन नेपाली समाज लगायत स्थानीय संघ संस्था तथा सामाजिक व्यक्तित्व हरुले यसमा सहयोग र समन्वय गरेका थिए ।

फारम संकलनको लागि दूतावासबाट कार्यबाहक राजदूत तेजबहादुर क्षेत्री सहित ८ कर्मचारी र स्थानीय तहबाट दर्जनौ स्वयंसेवक खटिएका थिए । कम्युटर मार्फत फाराम भर्न सघाउन थुप्रै नयां पुस्ताका नेपाली किशोर किशोरीले योगदान गरे । शुरुमा प्रिन्टर लगायत प्राविधिक कठिनाइले केहि अलमल देखिए पनि पछि संकलन कार्यले गति लिएको थियो ।

नेपाली दूतावास लण्डनले बिगत केही महिना देखि बेलायतका बिभिन्न स्थानमा स्थानीय संघ संस्थाको सहकार्यमा घुम्ती शिविर संचालन गर्दै पासपोर्ट फाराम बटुली रहेको छ । अन्तराष्ट्रिय हवाई नीति अनुरुप आगामी बर्षको नोभेम्बरदेखि  हस्त लिखित पासपोर्ट प्रयोग नहुने भएपछि विदेशस्थित नियोगहरुमा एमआरपीको चाप बढ्दै गएको छ भने सरकारले सम्बन्धित सबैमा यथासक्य छिटो बनाउन आवहान गरेको छ । लण्डन दूतावासले बिदाको दिनमा समेत घुम्ती टोली खटाउने सेवामुखी कामको यहां जनमानसमा प्रशंशा हुने गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री