सरकारी कार्यालयमा १२ घन्टे सेवा सुरु

काठमाडौं। सेवाग्राहीको घुइचो लाग्ने सरकारी कार्यालय मंगलबारबाट बिहान ६ देखि साँझ ६ बजेसम्म दुई सिफ्टमा सञ्चालन हुन थालेका छन्। अत्यावश्यकीय कार्यालय १२ घन्टा खुल्न थालेका हुन्।lal-babu-pandit

काठमाडौं, मोरङ, रूपन्देही, बाँके र कैलालीका जिल्ला प्रशासन कार्यालय, काठमाडौं, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, धनुषा, चितवन, पाल्पा, कास्की, बर्दिया, रूपन्देही, बाँके र कैलाली लगायतका मालपोत र नापीतर्फ जिल्लामा पनि दुई सिफ्टमा सेवा सुरु भएको छ ।

सरकारले पहिलो चरणमा गृह, परराष्ट्र, भूमिसुधार तथा व्यवस्था, ऊर्जा, सहरी विकास, सूचना तथा सञ्चार, भौतिक पूर्वाधार तथा यातायात र श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतका कार्यालयमा १२ घन्टे सेवा सञ्चालन गरेको हो।सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले काठमाडौं सिडिओ कार्यालय पुगेर नागरिकता प्रमाणपत्र वितरण गर्दै सेवाको शुभारम्भ गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री